मंगलबार, वैशाख ११, २०८१

बिना मेकअपकी करीना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई– करीना कपुर यतिवेला इटालीको टपस्कनीमा पति सैफअली खान र छोरा तमुरसँग बिदा मनाइरहेकी छन्। ३८वर्षीया करीनाको यतिवेला एउटा सेल्फी बाहिर आएको छ। जसमा उनले होल्टर नेक फ्लोरल प्रिन्टको ड्रेस पहिरिएकी छन्। 

उक्त तस्बिरमा करीनालाई कुनै मेकअप नगरेको अवस्थामा देख्न सकिन्छ। उनको यो तस्बिर एक फ्यान पेजबाट सेयर गरिएको हो। करीना मेकअप बिना पनि विभिन्न ठाउँमा सरिक हुने नायिका मध्येकी एक हुन्। 

मेकअप बिना पनि उनी उत्तिकै राम्री र आकर्षक लाग्थीन। तर, यतिवेला सार्वजनिक भएको उनको तस्बिरले भने करीनालाई भद्दा रुपमा प्रस्तुत गरिदिएको छ।

उनको उक्त तस्बिरलाई देखेर थुप्रैले थुप्रै खाले टिप्पणी गरेका छन्। एक जनाले लेखेका छन्, ‘हो तिम्रो अब उमेर भइसक्यो।’ अर्का फेसबुक प्रयोग कर्ताले ‘हे भगवान...भयानक’ भन्दै टिप्पणी गरेका छन् भने अर्का प्रयोग कर्ताले पनि ‘भयानक चेहरा’ भनेर कमेन्ट गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्