शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अभिभावकत्व ग्रहण प्रचारमात्रै : प्रधानमन्त्रीले नै बिर्सिए दायित्व

अभिभावकत्व ग्रहण प्रचारमात्रै : प्रधानमन्त्रीले नै बिर्सिए दायित्व

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित भएका राष्ट्रिय दैनिकले विविध खबरहरुलाई आफ्नो प्राथमिकतामा पारेका छन्। 

नागरिक दैनिकले अभिभावकत्व ग्रहण प्रचारमात्रै : प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व शिर्षकको समाचारलाई प्रातमिकताका साथ प्रकाशन गरेको छ।

प्रधानमन्त्री, मन्त्रीलगायतले तामझामका साथ विपन्न बालबालिकाको अभिभावकत्व त ग्रहण गरे तर फर्केर काठमाडौं पुगेपछि अभिभावकले निर्वाह गर्नुपर्ने दायित्व बिर्से । त्यसैले उनीहरुबाट अभिभावकत्व ग्रहण गरिएका बालबालिका यति बेला कोही पढाइ खर्च जुटाउन यार्सा खोज्न उच्च हिमाली पाटनमा पुगेका छन् भने कोही अनाथालयको शरणमा।

यस्तै नयाँ पत्रिका दैनिकले सुस्त गतिमा गौरवका आयोजना , १ खर्ब ८४ अर्ब थपियो व्ययभार शिर्षकको समाचारलाई प्राथमिकतासाथ प्रकाशन गरेको छ।
 
देशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने ठूला आयोजनामा वर्षौसम्म प्रगति नभएपछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजना नाम दिएर प्राथमिकतामा राखे । २०६८/६९ मा भट्टराई सरकारले त्यस्ता १७ आयोजनालाई विशेष महत्व दिएर राष्ट्रिय गौरवका आयोजनामा समेटे। ०७०/७१ मा थप चार र चालू आर्थिक वर्षमा एक आयोजना त्यसमा थपिए। आगामी आर्थिक वर्षमा तमोर जलाशययुक्त आयोजना र सुनकोशी – मरिन डाइभर्सनलाई पनि राष्ट्रिय गौरवका आयोजनामा समेट्ने सरकारको तयारी छ। तर, राष्ट्रिय महत्वका यस्ता अधिकांश आयोजनाको प्रगति भने सन्तोषजनक छैन। आयोजनाको निर्माण अवधि लम्बिँदै जाँदा राज्यकोषमा झन्डै दुई खर्बको व्ययभार थपिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।