बिहीबार, वैशाख १३, २०८१

हावाहुरीले क्षणभरमै लुट्यो खुसी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - पाँच दिनको सुत्केरी गीता चौधरी बिहीबार बेलुकी छोरालाई दूध खुवाउँदै थिइन्। उनका पति खाना पकाउँदै थिए। एक्कासी हावाहुरी चल्न थाल्यो। भर्खरै निर्माण सम्पन्‍न भएको घरको छानाको जस्ता हावाहुरीले उडाएर लग्यो। गीता छोरालाई काखीमा च्यापेर घरको कुनातिर लुकिन्। हेर्दाहेर्दै घरको छानो पुरै उडायो। सुत्‍केरी पत्‍नी र छोराको ज्यान जोगाउन उनलाई मुश्‍किल भयो।

छिमेकीको घर ओत लाग्‍न गएको त्यहाँ पनि हुरीले छाना उडाएपछि खुला आकाशमुनि भोकै रात विताउनुपर्‍यो। धनगढी उपमहानगरपालिका-१२ जुगेडा स्थित हिम्मतपुर मुक्त कमैया शिविरकी गीताले भनिन्, 'कस्तो नसोचेको घट्ना भयो। ज्यान नै जोगाउन सकस भयो।'

बिहीबार बेलुका सुदुरपश्‍चिम क्षेत्रमा अचानक आएको भीषण हावाहुरीले छिनभरमै जनजीवनलाई अस्तव्यस्त बनायो। न बेलुकाको खानाको ठेगान भयो न त रातको निद्रा। गिता भन्छिन्, भोक निद्रा सबै बिथोलिदियो एकछिनको हावाहुरीले।



गिताले मात्र होइन, यो क्षेत्रका धेरै सर्वसाधरणका लागि बिहीबारको रात निकै सकसपूर्ण भयो। छाना उडाएको उजाड घर हेर्दै खुला आकाशमुनि उनीहरुले रात बिताउनुपर्‍यो। लत्ताकपडा र अन्‍नपात सबै पानीले भिजेको छ र केही बाहिर उडाएर लथालिंग अवस्थामा छ। रुखहरु ढलेर सडक अवरुद्ध भएको छ भने बिजुलका पोल र खम्बाहरु लडेर रातभर अध्याँरोमै बस्‍नुपर्ने अवस्था आयो। बिजुली नहुँदा थप सकस भएको यहाँका स्थानीय बताउँछन्।

शुक्रबार बेलुकासम्म पनि यहाँको जनजीवन सामान्य भएको छैन। बाधुराम चौधरीलाई पनि बिहिबार बेलुकी आएको हावाहुरीले सारै दु:ख दियो। १४ दिनको सुत्केरीका लागि पकाएको खानामा माटो पानी जम्मा भएपछि १४ दिनको सुत्केरी बुहारीसहित उनको सबै परिवार त्यो रात भोकै बस्यो। खाना भन्दा पनि परिवारको ज्यान नै जोगाउन सकेकोमा खुसी छौ, उनले भने। 
करिब एक घन्टासम्म चलेको हावाहुरीले कैलाली कंचनपुरका हजारौं घरका छाना उडाउनुका साथै करोडौंको नीजी तथा सार्वजनिक सम्पतिमा क्षति पुगेको छ। मुक्तकमैया गरिब बिपन्न परिवारलाई हावाहुरीले निकै प्रभावित तुल्याएको छ। कैलालीमा दुई जनाले ज्यान गुमाएका छन् भने कैलाली कंचनपुर गरि दुई सय बढी घाइते भएको प्रहरीले जनाएको छ।

सोही शिविरका राम बहादुर चौधरी तीन जनाको परीवारसहित खाना खाने तयारीमा थिए। त्यति नै बेला हावाहुरी चल्यो, घरको पुरै छानो उडाएर लग्यो, संगै घरको दिवालसमेत भत्कियो। दिवालको इट्टा लागेर उनको ढाडमा चोट लागेको छ।



'अचानक चलेको हावाहुरीले छानो र दिवाल भत्काएपछि ज्यान जोगाउन खटियामुनी लुकेर बसियो, उनले भने, 'छोराको किताब कपडा अन्न सबै भिजेको छ।' ४० डिग्री माथिको प्रचण्ड घाममा हावाहुरीले भत्काएको घर अगाडी छाता ओडेर बसेका रामबहादुरलाई अब भत्केको घर कसरी निर्माण गर्ने भन्ने चिन्ताले सताएको छ। खुल्ला आकासमा दिन रात बिताउन पर्ने अवस्था उनलाइ छ। 

शिविरकै शान्ति चौधरीको चार कोठे घरको पुरै छाना उडाएपछि खुल्ला आकासमा बास भएको उनले सुनाइन्। पानीले भिजाएका लुगापकडा र किताब कापी घाममा सुकाउँदै गरेकी शान्ति चौधरीको चार कोठे घरको पुरै छाना उडाएपछि खुल्ला आकासमा बास भएको सुनाइन्। वर्ष भरीलाई खान पुग्‍ने अन्न लुगा कपडा सरसामान सबै पानीले भिजायो,  शान्तिले दुखेसो पोखिन्, 'अरु सामानको त कुरै छोडौ शरीरमा लगाएको एक जोर लुगा पनि बाँकी नरहेकाले अर्काको लुगा मागेर लगाएकी छु।'

'हावाहुरीले पुरै घर भत्काएपछि लुगाकपडा अन्न भाडाकुडी सबै च्यापेर नष्ट भएका छन्, रीता चौधरीले भनिन्, 'हामी ज्याला मजदुरी गरेर पेट पाल्ने मान्छे अब कसरी घर बनाउने हो पीर लागेको छ। घरको छाना उडाएपछि ज्यान जोगाउन पहिले सौचालय गए। त्यहाँ पनि छाना उडाएपछि दौडेर छिमेकीको घर जाँदा बाटोमा लडेर आँखामा चोट लागेको छ। 



एक हजार बढी मुक्त कमैया परिवारको बसोबास रहेको हिम्मतपुर शिविरका अधिकांशको घर छानामा हावाहुरीले क्षति पुर्‍याएको छ। क्षतिको विवरण संकलन कार्यमा सक्रिय छोटेलाल चौधरीले भने, 'बस्तीको आधाभन्दा बढीको घरको छाना उडाएको छ। यहाँ विचल्ली भएको छ।' धनगढीका चक्रवहादुर सिंहले ४५ बर्ष यता आफुले बिहिबारको जस्तो हावाहुरी आएको कहिलै नदेखेको बताए।      
करिब एक घन्टासम्म चलेको हावाहुरीले कैलाली कंचनपुरका हजारौं घरका छाना उडाउनुका साथै करोडौंको नीजी तथा सार्वजनिक सम्पतिमा क्षति पुगेको छ। मुक्तकमैया गरिब बिपन्न परिवारलाई हावाहुरीले निकै प्रभावित तुल्याएको छ। कैलालीमा दुई जनाले ज्यान गुमाएका छन् भने कैलाली कंचनपुर गरि दुई सय बढी घाइते भएको प्रहरीले जनाएको छ। दुई जिल्लाका विभिन्न ठाउमा करिब दुई सय बढी बिजुलीका पोल ढलेको बुझिएको छ। 

यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले मृतक प्रति दुख ब्यक्त गर्दै घाइतेको उपचार प्रदेश सरकारले गर्ने जनाएको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो घोषणा गरेका हुन्। हावाहुरीले यसरी बितन्ड मच्चाउँदा पनि मन्‍त्रिपरिषद्को बैठक बसेर राहत तथा क्षतिपूर्तिबारे ठोस् निर्णय भने केही भएको छैन।







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।