बुधबार, वैशाख १२, २०८१

अब सेनापतिसँग सिपाहीको सिधा अन्तरक्रिया 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले सिपाहीका भनाइ सुन्‍न र  पीरमर्का बुझ्‍न रोलकल (सेनापति-सिपाही प्रत्यक्ष अन्तरक्रिया) सुरु गरेका छन्। 

प्रधानसेनापति र सकलदर्जा बीच प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्नका लागि यस्तो  कार्यक्रम सुरु गरिएको हो। यो हरेक तीन महिनामा संचालन हुनेछ। सिपाहीका पिरमर्का, समस्या, राय सुझावहरु प्रधानसेनापति समक्ष राख्‍ने फोरमका रुपमा यसलाई संचालन गरिनेछ।

जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप बिहीबार सेनापति -सिपाही अन्तरक्रिया सम्पन्‍न भएको छ। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले सकलदर्जाहरुको सकरात्मक सोच र प्रयासबाट संगठनका प्रक्रिया, पद्धति र प्रणालीहरुमा सुधारात्मक प्रवृति देखिनुका साथै नेपाली सेनाले शुरु गरेको परिवर्तनको संगठन भित्र र बाहिर दुवैतर्फ सकारात्मक प्रभाव पर्दै गएको बताए। थापाले नेपाली सेनाको आधुनिकिकरण तथा आत्मनिर्भरता अभिबृद्धि गर्न नेपाली सेनाको दीर्घकालिन सोच नेपाल आर्मी भिजन २०३० तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरे । 

सेनापतिले सकलदर्जाहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्‍न विषयहरुमा राखेका रायसुझाव तथा जिज्ञासाहरुलाई सम्बोधन गर्नुको साथै कार्यक्रममा प्रधानसेनापति श्री थापाले नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुरा हुने अवसरमा २०७६ भाद्र २४ गते वार्षिक समिक्षासहित उपस्थित हुने जानकारी समेत गराएका थिए।उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।