काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद अबरुद्ध पार्ने चेतावनी दिएका छन्। शुक्रबार पार्टीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले मानव अधिकार हनन् हुने गरी आएको लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन चेतावनी दिएका हुन्।
'मिडियामाथि अंकुश लगाएर सरकार लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको छ', देउवाले भने 'सरकारका हरेक काम लोकतन्त्र र जनता विरोधी छन्। यसका विरुद्ध कांग्रेसले शशक्त प्रतिवाद गर्छ।'
सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाउँदै देउवाले भने, 'सरकारका त्यस्ता गतिविधि रोक्न हाम्रो पार्टी लागिपर्छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४