बिहीबार, वैशाख १३, २०८१

आगलागीमा परेर सातजना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज– जीतपुरसिमरा उपमहानगरपालिकाको स्याउली बजारमा खाना पकाउने ग्याँस चुहावट भएर आगलागी हुँदा एकै परिवारका चारसहित सातजना घाइते भएका छन्।

जीतपुर सिमरा– १४ स्थित घरमा शुक्रबार बिहान खाना पकाउने ग्याँस चुहिएर भएको आगलागीमा ६७ वर्षीय नजरमान थिङ, २८ वर्षीय सुकुमाया थिङ, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनिता थिङ घाइते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। उनीहरू एकै परिवारका सदस्य हुन्।

त्यसैगरी छिमेकी ५२ वर्षीया दिलमाया वाइबा, २८ वर्षीय सुनमाया ब्लोन र २६ वर्षीय कमली माया वाइबासमेत घाइते भएका छन्।  घाइतेको उद्दारपछि अल्पाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।

घाइतेका अनुसार सुकमायाले बिहान चिया पकाउने क्रममा नयाँ सिलिण्डरको रेगुलेटर राम्ररी नलागेको हुँदा ग्याँस चुहिएर आगो फैलिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।