काठमाडौं– चाइनीज ताइपेइसँगको जारी खेलमा नेपालका लागि स्ट्राइकर अभिषेक रिजाले बराबरी गोल फर्काएका छन्। पहिलो हाफमा १–० ले पछि परको नेपालका लागि अभिषेकले बराबरी गोल फर्काएका हुन्।
उनले खेलको ६९ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काएका हुन्। पेनाल्टी क्षेत्र नजिकै पाएको फ्री–किकमा सन्तोस तामाङले गरेको प्रहारमा अभिषेकले उत्कृस्ट हेडर गोल गरेका हुन्। यसअघि खेलको ३८ औं मिनेटमा नेपाल चाईनिज ताइपेइसँग १–० ले पछि परको थियो । ताइपेइका लागि उ चुन चिङले गोल गर्दै अग्रता दिलाएका थिए ।
यसअघि पहिलो हाफको १७ औं मिनेटमा नेपालका लागि अभिषेख रिजालले गोल गरेका थिए । तर, अफसाइड भएको भन्दै रेफ्रीले उक्त गोललाई मान्यता नदिदा नेपाल अग्रता लिनबाट चुकेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४