शुक्रबार, वैशाख ७, २०८१

नेकपाले आज इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार (आज) पनि जारी छ ।

बालुवाटारमा बसिराखेको आजको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुङ्गो लगाउने नेताहरुले बताएका छन् । 

मंगलबार र बुधबार बसेको बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मा क–कसलाई कुन मापदण्डका आधारमा दिने भन्ने विषयमा विवाद भएपछि आज पुनः बैठक बसेको हो । आजको बैठकले टुङ्गो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्यलाई दिन लागिएको विषयमा अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच विवाद भएको थियो । नेता नेपाल दाहोरो जिम्मेवारी दिनु हुन्न भन्ने पक्षमा छन् भने ओली दिनु पर्नेमा अडानमा देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको बैठकमा मध्यमार्गी बाटोको प्रस्ताव गरेका छन् । 

आज केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।