शनिबार, वैशाख ८, २०८१

नगर प्रमुखको धम्कीप्रति महासंघको ध्यानाकर्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ।
 
यही जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले “तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु”, भनेर धम्की दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानूनको समेत उपहास भएको महासंघको ठहर छ। 

महासंघले घटनाको घोर भर्त्सना गर्दै धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाई यस्ता घटना नदोर्‍याउनेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। 

त्यस्तै जेठ २१ गते राति पत्रकार महासंघ धनकुटा शाखाका सदस्य दिलबहादुर (आशिष) राईलाई अज्ञात समूहले कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गर्दा उहाँको टाउकोमा गम्भीर चोट लागि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ। महासंघले उक्त घटनामा संलग्नको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।