बिहीबार, वैशाख ६, २०८१

विप्लव रणनीति : काठमाडौं ताकेर दुर्गम हान्‍ने तयारी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- काठमाडौं उपत्यकामा शृंखलावद्ध विस्फोटको भोलिपल्ट जेठ १३ गते गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संघीय संसदमा भनेका थिए,'विप्लव समूहले चारवटा सैन्य कम्पनी खडा गरिसकेको छ। प्रत्येक कम्पनीमा १ सय २७ जना छन्।'

विप्लव समूहले सैन्य दस्ता तयार पारेको सूचना मात्रै दिएनन् गृहमन्त्रीले। उनले उनीहरुको आक्रमणको केन्द्र काठमाडौं उपत्यका भएको विश्लेषण पनि पेस गरे । 

तर, विप्लवको रणनीतिको आकलन गर्न गृहमन्त्री चुकेको देखिन्छ। कठमाडौं ताकेर दुर्गमतिर हान्ने विप्लवको रणनीति पछिल्लो छेस्काम घटनाबाट खुलासा भएको छ। विप्लव समूहले काठमाडौंलाई तर्साउँदै पूर्वबाट सैन्य सक्रियता बढाउन खोजेको देखिन्छ।

आइतबार राति विप्लव समूहले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको वडा नम्बर ३ छेस्कामको प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको चर्चा चलेपछि पुरै सुरक्षा संयन्त्र झस्किएको छ। त्यहाँ विशेष सर्च अप्रेशन चलाइएको छ।

उक्त अपरेशनबाट त्यस क्षेत्रमा विप्लवको सैन्य दस्ता सक्रिय रहेको आकलन गरिएको छ। जसलाई नेकपाका नेता एवं महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले पुष्टि गरे।
 
नेपाल समयसँग उनले भने 'छेस्काममा आक्रमणको भएको भन्ने विषय त थाहा भएन तर वडा नम्बर ५ को नुरुकुममा विप्लव समूहको बढी चहल पहल छ।'

छेस्काम प्रहरी चौकीमा आइतबार राती विप्लवको सैन्य दस्ताले आक्रमण गर्ने जानकारी पाएपछि प्रहरीहरु सुरक्षित स्थानमा पुगेका थिए। सोमबार प्रहरीले अपरेशन चलाउँदा विप्लवको सैन्य दस्ता नभई कामदारहरुबाट तर्सेर प्रहरी भागेको दाबी गरिएको छ।

तर, उक्त घटनाको औपचारिक जानकारी वा खण्डन सरकार पक्षबाट भएको छैन।

सोमबार दिनभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रदेश एकबाट नेपाली सेनाको टोलीले त्यस क्षेत्रमा सर्च अपरेशन चलाएको थियो। साँझ मात्रै विप्लव पक्षले घटनाको अस्वीकार गरे। विप्लव समूहले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा निकायमाथि आक्रमण गर्ने आफूहरुको नीति नरहेको दाबी गरेका छन्।

आक्रमणको प्रयासलाई अस्वीकार गर्नु विप्लवको रणनीतिक चाल पनि हुनसक्ने आशंका गरिएको छ । अहिले नै राज्यविरुद्ध जाइलाग्ने रणनीति सार्वजनिक गर्दा सरकारी कदम अझै कठोर हुनसक्ने र त्यसले संगठनको प्रभाव विस्तारमा समस्या पर्ने विश्लेषणको आधारमा अहिले अस्वीकार गरिएको हुनसक्ने अनुमान गरिएको  छ। 

छेस्काममा किन सक्रियता?

गृहमन्त्री थापाले भने जस्तै देशको विभिन्न भागमा विप्लव समूहले सैन्य तालिम चलाएको छ। जसमध्येको एक हो भोजपुरको दोभान।

माओवादी जनयुद्ध कालमा पनि भोजपुरको दोभान माओवादीको आधार क्षेत्र थियो। अहिले विप्लव समूहले पनि त्यही क्षेत्रमा सैन्य तालिम सम्पन्न गरेको छ।

'भोजपुर र सोलुखुम्बु जोडिएको त्यो ठाउँ विकट भएकोले विप्लव समूहका लागि आधार क्षेत्र बनेको छ।' अहिलेका विप्लवका नेताहरुसँगै माओवादी जनयुद्ध लडेका महाकुलुङ गाउँपालिकाका अध्यक्ष किराती भन्छन्,'त्यस क्षेत्रमा त्यसबेला पनि माओवादीको चहल पहल थियो। अहिले पनि विप्लव समूहको चहल पहल छ।'

विप्लव माओवादीको पश्चमी कमाण्डभन्दा पूर्वी कमाण्ड अहिले शक्तिशाली रहेको बुझिएको छ। सरकारी संयन्त्रको ध्यान रुकुम, रोल्पातिर भएको बेला विप्लव समूहले पूर्वमा सैन्य तालिम तथा संगठन विस्तारका कार्यक्रम गरेका थिए।

विप्लव समूहमाथि प्रतिबन्ध लगाउनुअघि पूर्वाञ्चलमा पूर्वाञ्चलनमा दोस्रो चरणको संगठन सुदृढिकरण अभियान चलाइएको थियो। जसअन्तरगत हजारभन्दा बढीले विप्लवको सुरक्षा दस्तामा सदस्यता लिएको दाबी विप्लव निकट सञ्चारमाध्यमहरुको थियो।

अहिले त्यही क्षेत्रबाट विप्लवको सैन्य गतिविधि अगाडि बढाइएको छ। अध्यक्ष किरातीले पनि त्यस क्षेत्रमा विप्लवको सैन्य तालिम भएको जनाए।

प्रकाण्डको 'कमब्याक'

प्रकाण्ड पक्राउ परेर छुटेपछि विप्लव समूहमा प्रकाण्ड र विप्लवबीचको विवाद उत्कर्षमा पुगेको थियो। त्यसअघि शिक्षक संगठन, पत्रकार संगठनलगायतमा प्रकाण्ड र विप्लवको छुटाछुटै समूह बनेको थियो।

प्रकाण्ड करिब ५० दिने प्रहरी हिरासतबाट छुटेपछि देशको विभिन्न भागमा पत्रकार सम्मेलन गरेका थिए।

विप्लव समूहसँग वार्ताको वातावरण बनाउन भन्दै नेपाल सरकारले गठन गरेको राजनीतिक वार्ता समिति २०७५ को दबाबमा प्रकाण्डलाई हिरासत मुक्त गरिएको थियो। सरकारले सहजै प्रकाण्डलाई छोडेको भन्दै विप्लव समूहले प्रकाण्डमाथि अविश्वास गर्न थालेका थिए। 

जसकारण प्रकाण्डलाई कारवाही स्वरुप प्रवक्ता पद खोसिएको देखिन्छ। 

काठमाडौं उपत्यकामा विस्फोटको घटनापछि विप्लव समूहमाथि सरकारले निगरानी बढाएको छ। सरकारले निगरानी बढाएपछि विप्लव समूहको आर्थिक अवस्था पनि कमजोर भएको बुझिन्छ।

कारवाहीमा पुर्नअघिसम्म चन्दा संकलनको मुख्य जिम्मेवारी सम्हालेका प्रकाण्डलाई पुनः आर्थिक विभाग हेर्ने गरी सक्रिय पारिएको बुझिएको छ। जेठ १९ गते करिब ९ महिनापछि मात्र प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्ति आएको छ।

उनको विज्ञप्ति आएकै दिन पूर्वमा सैन्य आक्रमणको प्रयास भएको भनिएको छ। तर, प्रहरीले सुचना पाएको आधारमा प्रहरी चौकी छोडेपछि कुनै अप्रिय घटना भएको छैन।

प्रकाण्डको कमब्याकसँगै विप्लव समूहले बढाएको सैन्य गतिविधिले फेरि द्वन्द्व बढाउने विश्लेषण गर्न थालिएको छ। तर, राज्य पक्षले भने विप्लव समूहसँग वार्ताको वातावरण बनाउने प्रयास भइरहेको दाबी गर्दै आएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।