बिहीबार, वैशाख १३, २०८१

'नेकपासँग संख्या छ, सिद्धान्त छैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले नेकपासँग संख्या भएपनि सिद्धान्त नभएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा बोल्दै थापाले नेकपाका नेताहरु सार्वजनिक मञ्चमा लाज मानीमानी सिद्धान्त खोजिराखेको बताए। उनले भने, 'बजेटमा आर्थिक विकास, राजश्वको लक्ष्य, नेकपाको विकास दर्शन र सिद्धान्त फेला परेको छैन। मन्त्रालयगत प्राथमिकता पनि निरासाजनक छ।'

थापाले सरकारको लक्ष्यअनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गरे। उनले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिबिम्बित हुन नसकेको बताए। उनले भने, 'बजेट पढेर सरकार चलाउने पार्टीको विकासको दर्शन बुझ्न पाइन्छ। नेकपाको नारा छ समृद्ध नेपाल सुखी नेपाली। समृद्धिको परिभाषा के हो? के भए नेपाली सुखी हुन्छन्? यो बजेट पढेर बुझ्न सकिएन।'

गत वर्ष आर्थिक बृद्धि, राजस्व परिचालन, पूँजीगत खर्च, रोजगारी श्रृजना सबैका तथ्यांकहरुमा सरकार चुकेको बताउँदै नेता थापाले अगाडि भने, 'तरपनि बजेटमा सानका साथ लेखेको छ, यो वर्ष गज्जब भयो। हामी भन्छौँ प्रमाण दिनुहोस्। सरकार भन्छः बहुमत देखेको छैनस्। त्यसैले म यसका बारेमा धेरै सोध्न चाहन्न।'

श्वेतपत्रमार्फत अर्थमन्त्रीले ढाँटेको आरोप लगाउँदै नेता थापाले प्रधानमन्त्रीले त्यही झुटमा टेकेर फेरि ढाँटेको बताए। सांसदभन्दा पहिला आफु नागरिक भएको बताउँदै उनले स्थिर सरकारबाट नागरिकको रुपमा आफ्ना अपेक्षा रहेको तर ति साधारण अपेक्षासमेत पुरा नभएकोमा खिन्नता प्रकट गरे। उनले भने, 'सांसदभन्दा पहिला नागरिक हुँ। नागरिकको रुपमा मेरा पनि अपेक्षा छन्। यत्रो उथलपुथल र संक्रमणपश्चात् स्थिर सरकारले धेरै कुरा नगरे पनि रुपान्तरणको बीऊ रोप्छ भन्ने मेरो अपेक्षा थियो। संविधानको सार्थक कार्यान्वयन गर्छ, संघीयतालाई सही अर्थमा कार्यमूलक बनाउँछ, सुशासन र प्रभावकारी शासनको विकास गरेर शासकीय क्षमता बढाउँछ, वित्तीय क्षेत्रमा साहसिक सुधार गर्छ भन्ने अपेक्षा थियो।'

'एक बलवान सांसद जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्न सक्नुहुन्छ, उहाँले हिजो यहाँ उभिएर चुनौती दिनुभयो। वृद्धभत्ताबारे बोल्ने हिम्मत छ? मेरो हिम्मत छ सम्माननीय प्रधानमन्त्री ज्यू', थापाले भने, 'पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले विदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ता पुर्‍याउँछु भनेर भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाइँदैन भनेर विरोध गरेको मात्र हैन, कानुन बनाउँदै गर्दा ७० वर्षलाई आधार वर्ष बनाउनुपर्छ, उमेर झार्न पाइँदैन भनेर कानुन संशोधन गर्न लग्ने सांसद मै हुँ।'

कांग्रेस नेता थापाले आफु सांसद भएर खुसी हुँ की नागरिक भन्दै दु:ख व्यक्त गरे। उनले भने, 'नागरिक भएर सोच्छुः अझै तीन वर्ष यही सरकारले बजेट बनाउँछ। मेरो नागरिकको रुपमा अर्को तीन वर्ष खेर जाने भयो। यत्रो अनुकूल अवसर खेर जाने भयो। नागरिक भएर दुःख लागेको छ। म अर्थमन्त्रीलाई सोध्न चाहन्छुः म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी होऊँ कि नागरिक भएर दुःखी?'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।