बिहीबार, वैशाख १३, २०८१

झार्लाङमा बत्ती बल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धादिङ- धादिङको उत्तरी गाउँ झार्लाङमा बिजुली बत्ती पुगेको छ। उज्यालो नेपाल अभियानअन्तर्गत खनायवास गाउँपालिका–१ का अक्थली, किउङसहितका सात गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले खनायवास–१ च्यामथलीमा आयोजित कार्यक्रममा प्रसारण लाइन उद्घाटन गरे।

भौगोलिक विकटताका कारण धादिङको उत्तरी क्षेत्र आर्थिक, सामाजिक र विकासमा पछि परेको सुनाउँदै वरिष्ठ उपाध्यक्ष तामाङले आगामी एक वर्षभित्र धादिङलाई पूर्णरुपमा विद्युतीकरण गरिसक्ने दाबी गरे। तामाङले भने, ‘यहाँका जनताको जीवनस्तर माथि उठाउन विद्युतीकरणले सहयोग पुर्‍याउनेछ।’

नेपाल विद्युत् प्राधिकरणले रुबिभ्याली गाउँपालिकाको सेर्तुङ, तिप्लिङ, लापासहितका गाउँमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन निर्माण कम्पनीसँग सम्झौता गरिसकेको प्राधिकरण धादिङका प्रमुख ध्रुवराज कार्कीले जानकारी दिए। २०५७ सालमा मात्र सदरमुकाम धादिङबेसी केन्द्रीय प्रसारण लाइनमा जोडिए पनि रुबिभ्याली गाउँपालिकाका सबै क्षेत्र, गंगा जमुना गाउँपालिकाको री, ताजीम्राङ, लताक, कुतल, तावल, ढुसिनी र खनियावास गाउँपालिकाको केही क्षेत्र राष्ट्रिय प्रसारण लाइन पुगेको छैन।

साथै गजुरी गाउँपालिका डोलभन्ज्याङ, च्याङ्दी, विरौटा चिसाखोला, जरुङ सिमटार र बेनिघाट–रोराङ गाउँपालिकाका केही ठाउँमा पनि बिजुली पुगेको छैन। ती स्थानमा विद्युतीकरणका लागि प्राधिकरणले काम थालिसकेको छ भने लाइन विस्तार र सुधारका लागि चालू आर्थिक वर्षमा १९ वटा टेन्डर खोलिएको र छनोटमा परेका फार्मसँग सम्झौता गरी विद्युतीकरण र लाइन विस्तार प्रक्रिया अगाडि बढिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।