बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपेन्द्रको चेतावनी : संविधान संशोधन नगरे सरकारबाट बाहिरिन्छौं 

उपेन्द्रको चेतावनी : संविधान संशोधन नगरे सरकारबाट बाहिरिन्छौं 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। 

मंगलबार पार्टीको प्रादेशिक अभिमुखीकरण गोष्ठीमा सहभागी हुन धनगढी आएका यादवले पत्रकारसँग कुरागर्दै सो चेतावनी दिएका हुन्। संविधान संशोधन गर्ने सर्तमा कम्युनिष्ट सरकारमा सहभागिता जनाएको भन्दै यादवले दुई तिहाईको सरकारले संविधान संशोधन नगरे पार्टीले सर्मथन फिर्ता लिने बताए।

संघीय सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रुपमा वितरण नभएको र बजेट निमार्णमा आफुहरुको कुनै सहभागिता नभएको उनले बताए। त्यस्तै लोकसेवा आयोगले ल्याएको विज्ञापन संघीयता र समावेशीताको मर्म विपरीत भएकोमा आफुहरुको घोर आपत्ती रहेको उनले बताए। आफुहरुलाई समावेशीता नै चाहीने भन्दै सरकारले संविधान विपरीत ल्याएको विज्ञापन फिर्ता लिनुपर्ने यादवले धारणा राखे।
 
समाजवादी पार्टीका अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्टहरुको विकल्पको रुपमा समाजवादी पार्टीलाई स्थापीत गर्नु नै आफुहरुको मुख्य उद्देश्य रहेको बताए। ‘कांग्रेस त्यसैपनि ओरालो लाग्दैछ दुई तिहाई प्राप्त कम्युनिष्ट सरकारले पनि जनतालाई आशा जगाउने खालका काम गरेन', भट्टराईले भने 'यो सरकार असफल भइरहेको छ।’

भट्टराईले निर्मला हत्या प्रकरण देखि स–साना प्रकरणमा असफल भइरहेको दुई तिहाई सरकारले विगतमा भएका राजनीतिक आन्दोलनका उपलब्धि र संविधानको मर्म विपरीत निकालेको लोकसेवा आयोगको विज्ञापनले जनताहरुमा निराशा मात्रै जागेको बताए। कम्युनिष्ट सरकार प्रति जनताहरुको बढ्दो निराशाको अन्तिम विकल्प नै समाजवादी पार्टी भएको भट्टराईले दोहोर्याए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।