काठमाडौं- सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा नेत्रविक्रम चन्द विप्लव समूहले आक्रमण गरेको हल्लापछि उक्त समुहले त्यसको प्रतिवाद गरेको छ।
विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको भन्दै उक्त आक्रमणको प्रतिवाद गरेका हुन् ।
उनले पार्टीमाथि षड्यन्त्र भएको र आफूहरुलाई सिध्याउन नभएको आक्रमणको हल्ला फिजाइएको उनले विज्ञप्तीमार्फत बताएका छन् । आफूमाथि स्वयम् सरकारले षड्यन्त्र गरेको उनको दावी छ ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–’सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति ध्यानाकर्षण भएको छ । सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्न चाहान्छौं।’