शनिबार, वैशाख ८, २०८१

नेपालमा चार लाख ८५ हजार दुर्व्यसनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपालमा हाल चार लाख ८५ हजार दुर्व्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङ्कले देखाएको छ।

त्यसमध्ये दुई लाख दुर्व्यसनी लागुऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन्। लागुऔषध दुर्व्यसन विरुद्धका अभियन्ता प्रहरीका पूर्वउच्च अधिकृतद्वारा सोमबार बनेपामा आयोजित लागुऔषध तथा सुरक्षा विषयक सचेतना कार्यक्रममा नार्कोनन नेपालका वरिष्ठ प्रशिक्षक एवं पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले उक्त तथ्याङ्क प्रस्तुत गर्दै १४ वर्षमा लागुऔषध प्रयोग गर्न शुरु गरेका व्यक्ति सरदर २४ वर्षसम्ममा मरिसक्ने बताए। 

उनले भने, “नेपालमा रहेका दुई लाख दुर्व्यसनी लागुऔषध छाड्न नसक्दा मर्दै जानेछन्।” उनकाअनुसार लागुऔषध उनीहरुका लागि जीवन बर्बाद बनाउने प्रमुख कारण बन्दै गएको छ। लागुऔषधका लागि प्रतिवर्ष नेपालबाट करीब रु २० अर्ब बाहिरिएको र कक्षा ८ देखि नै विद्यार्थी लागुऔषधमा फसेको पाइएको कुँवरले बताए।

“नेपालमा चिकित्सक र इञ्जिनीयर बन्ने करीब ६० प्रतिशतसम्म लागुऔषध प्रयोगकर्ता छन्, उनीहरुमा पनि लत लागेपछि कमैले मात्र छाड्न सक्ने अवस्था रहन्छ”, उनले बताए। अधिकांश कर्मचारीका छोराछोरी लागुऔषधमा फसेका उल्लेख गर्दै उनले नेपालमा भएका ९९ प्रतिशत घरेलु तथा महिला हिंसा दुर्व्यसनीकै कारण भएको दाबी गरे। 

लागुपदार्थ तीन हजार ५०० प्रकारका हुने जानकारी दिँदै लागुपदार्थ नरोक्दा केही देशमा शहर नै सरेको घटना भएकाले यसलाई न्यूनीकरणतर्फ आजैदेखि स्थानीय तहले लाग्नुपर्नेमा कुँवरले आग्रह गरे। उनले भने, “नखाएकालाई रोक्नुस्, खाएकालाई चिन्नुस् र उपचार विधितर्फ लागि हाल्नुस्।” अभिभावकले उपचार विधि लिएर घरलाई नै पुनःस्थापना केन्द्र झै बनाएर लत निदान गर्न सक्ने उनले जानकारी दिए। 

सो अवसरमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले आफूहरु दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएका र काठमाडौँमा यसको प्रभावकारिता बढ्दै गएपछि उपत्यकाबाहिर अभियान सञ्चालन थालेको बताए। उनले दुर्व्यसन न्यूनीकरण नगर्ने हो भने आउँदो पुस्तामा ‘भयानक खतरा’ सावित हुने भएकाले विदेश जान चाहनेका लागि सुरक्षित रहन सकेसम्म सुपरभाइजरी कोर्ष दिलाएर पठाउन अनुरोध गरे। उनले भने, “विशेष गरी विद्यालय र होटलमा सुरक्षित जीवनबारे सचेतना गराइनुपर्दछ।”  

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेले एकैपटक दुर्व्यसन निर्मूल पार्न नसकिने भएकाले न्यूनीकरणतर्फ कार्यक्रमअघि सारिने बताए। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले विद्यालयस्तरमा दुर्व्यसनविरुद्ध सचेतना आवश्यक रहेकामा जोड दिए।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विद्यार्थी, स्थानीय जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति रहेको थियो। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।