काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस विधामा नेपाली क्रिकेटमा लेग स्पिनर सन्दीप लामिछाने र महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी सहित पाँच जना मनोनित भएका छन् ।
सन्दीप र सावित्रासँगै ब्याटिमिन्टनका प्रिन्स दाहाल, भलिबलकी रेश्मा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन मनोनित भएका छन् । मनोनित पाँच जना खेलाडीबाट एसएमएस भोटिङ, फेसबुक लाइक तथा खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतलाई आधर मानि एक जना उत्कृष्ट खेलाडी छनोट हुनेछ ।
पाँचै जनाको भोटीङलाई आजै देखी खुल्ला गरीएको छ । भोटीङ जुलाई १ तारिख राती मध्यान्नसम्म गर्ने पाउने छन् । विभिन्न १० विधामा प्रदान गरिने यस अवार्डको घोषणा असार १७ गते हुने छ ।
उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले बजाज पल्सर मोटरबाइक प्राप्त गर्ने छन् । त्यस्तै अन्य विधाका विजेता खेलाडीले ५० हजार नगद प्राप्त गर्ने छन् ।
पिपल्स च्वाइस विधामा मनोनित पाँच खेलाडीसन्दीप लामिछाने (क्रिकेट)सन्दीपलाई भोट गर्न Pulsar SL लेखेर ३७७२२ मा पठाउन सकिनेछ ।
-नेपालले खेलेको सबै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका मुख्य पात्र
-नेपालले जितेको पहिलो एक दिवसीउ अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरूद प्रभावशाली प्रर्दशन
-क्यारेवियन प्रिमियर लिगमा सेन्ट किट्स एन्ड नेविस पेट्रियसका लागि ७ विकेट लिन सफल
-विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगहरूमा आधार तयार पार्दै विश्व व्यापी चर्चा बटुल्न सफल
-आइपिएल, पाकिस्तानी सुपर लिग, अष्टे«लियन बिग बास र बंगालादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन
-एकै वर्ष ट्वान्टी- ट्वान्टीमा ५० विकेट लिने विश्वका थोरै मध्येका एक खेलाडी
-राष्ट्रिय टोलीले पहिलो पटक एकदिवसीय अन्र्तराष्ट्रिय शृंखला जित्दाका प्रमुख खेलाडी
-आईसीसी वल्डै ट्वान्टी - ट्वान्टी एसिया रिजन क्वालिफायरमा २४ विकेट लिन सफल
- नेपालका लागि कुनै पनि क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी ।
प्रिन्स दाहाल (ब्याटिमिन्टन)प्रिन्सका लागि Pulsar PD लेखेर ३७७२२ मा पठाउन सकिनेछ ।
-दुबई जुनियर इन्टरनेसनल सिरिजको यू- १५ उमेर समूहमा स्वर्ण पदक फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनसलाई २-० को सेटमा हराउँलै कीर्तिमान
-उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी
- प्रेसिडेन्टस कप जुनियर इनटरनेशनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू -१५ र यू- १९ मा स्वर्ण पदक
- साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू-२१ तर्फ मेन्स डबल्समा रगत पदक
-अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू-१९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत
-जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू- १५ मा स्वर्ण र मेन्स सिंगल्समा कास्य
-आठौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू- १७ मा स्वर्ण
-प्रथम दृर्गादेवी अन्तराष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण
-१५ औँ कृष्ण स्मृति राष्ट्रिय प्रतियोगिताको यू- १७ मा स्वर्ण र मेन्स सिंगल्समा रगत
रेश्मा भण्डारी (भलिबल)रेश्माका लागि Pulsar RB लेखेर ३७७२२ मा पठाउन सकिनेछ ।
-एपीएफ क्लबले वर्षमा १० उपाधि जित्ला विशेष भूमिका
-केएनपी राष्टिय भलिबल प्रतियोगितामा बिजेता
-एनभीए राष्टिय महिला भलिबल च्याम्पियनसिप विजेता
-सभामुख कप राष्टिय महिला भलिबल च्याम्पियनसिप विजेता
-लामाचौर तीज राष्टिय महिला भलिबल च्याम्पियनसिप विजेता
-आधिअवाधि एभिएल राष्टिय महिला भलिबल च्याम्पियनसिप उपविजेता
-२२ औ राष्टिय महिला भलिबल प्रतियोगितामा बिजेता
-द्रोस्रो न्यु डायमन्ड कप महिला भलिबल बिजेता
-ढोरपाटन राष्टिय महिला च्याम्पियनसिप विजेता
-छैटौ आईजीपि कप राष्टिय खुला भलिबलको उपाधि सहित उत्क्रष्ट खेलाडी
-केएनपी शेरबहादुर खड्का विशेष अवार्डबाट सम्मानित
महेश्वर महर्जन (शारीरीक सुगठन)महेश्वरका लागि Pulsar MM लेखेर ३७७२२ मा पठाउन सकिनेछ ।
-२०७५ सालमा शारीरिक सुगठनमा नेपाललाई अन्तर्राष्टिय ऐतिहासिक उपाधि दिलाउने खेलाडी
-थाइल्यान्डको च्याङमाईमा सम्पन्न १० औ विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिको पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल
-१५ औ राष्टिय धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिमा ओभरअलमा उपविजेता
सावित्रा भण्डारी (फुटबल)सावित्राका लागि Pulsar SB लेखेर ३७७२२ मा पठाउन सकिन्छ ।
- घरेलु तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरूमा सानदार प्रदर्शन गर्दे वर्षभर चर्चित
-भारतमा भएको अन्र्तराष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन योगदान
- महिला साफ च्याम्पियनसिपमा उपविजेतासहित सर्वाधिक गोलकर्ताै बन्न सफल
-महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी
-प्रधानसेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता
-नेपाललार्ए पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भुमिका ((पहिलो चरण पार)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४