बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल :  पुस १५ भित्रै अन्तर्राष्ट्रिय उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल :  पुस १५ भित्रै अन्तर्राष्ट्रिय उडान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- २०२३ साल फागुन १७ गते तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको भैरहवा विमानघाट नाम परिवर्तन भई  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको छ। तत्कालीन श्री ५ को सरकार र भारतीय सहयोग मिसनको संयुक्त लगानीमा सञ्चालित उक्त विमानस्थलमा नाम मात्रै परिवर्तन नभई लगानीकर्ता पनि फेरिएका छन्।

विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन एडिबीले ५८. ५ प्रतिशत, फन्डबाट ३०.५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भएको थियो। अहिले एडिबीले ६२. ६ प्रतिशत र क्यानको ३७.४ प्रतिशत लागत बेहोरिरहेका छन्। यसरी ५३ वर्षपछि ०७६ पुस १५ भित्र गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने तयारी भएको छ। अन्तर्राष्ट्रिय उडान भर्ने यो दोस्रो विमानस्थल हुनेछ। यसअघि त्रिभुवन विमानस्थल काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको छ।

करिब ७३ प्रतिशत काम सम्पन्न भइसकेको गौतम बुद्ध अन्तर्राट्रिय विमानस्थल आगमी पुस मसान्तभित्र फुल फेजमा सञ्चालन आउने तयारीका साथ काम भइरहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । उनले भने, ‘भौतिक प्रगति ७३ प्रतिशत छ । ठेकेदारले कुल रकमको ४८ प्रतिशत रकम लगिसकेको छ। ’

अधिकारीका अनुसार अब बाँकी  १६ प्रतिशत विद्युत्को काम र ११ प्रतिशत सिभिल काम असोजभित्र सम्पन्न गरिनेछ।  पुस मसान्तभित्र फुल फेजमा विमानस्थल सञ्चालन हुनेछ। अधिकारीले भने, ‘अहिले केही दिनअगाडि ७० करोड निकासा भएको छ। निर्माण कार्य द्रुत गतिमा भइरहेको छ।’

गत बुधबार सरकारले सार्वजनिक गरेको बजेट भाषणमा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन भएको छ। जसले पहिलो चरणको काम सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान सुरु गर्नको सहज हुने देखिएको छ।

विमानस्थल सञ्चालनमा आएसँगै यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि चर्चा भइरहेका बेला सरकारले (सरकार–सरकार) जी टु जी सम्झौता गर्ने कार्य अघि बढाउन सैद्धान्तिक सहमति दिनेगरी मन्त्रिपरिषद्ले निर्णयसमेत गरेको छ।  गौतम बुद्ध विमानस्थल व्यवस्थापनका लागि कतार, साउदी अरेबिया, म्युनिख लगायत विमानास्थल व्यवस्थापकले चासो देखाएका छन्।

गौतम बुद्ध विमानस्थललाई केन्द्र बनाएर जापान, चीन, श्रीलंका, भियतनाम, म्यानमार र कम्बोडिया लगायतका देशले अन्तर्राष्ट्रिय उडानका लागि इच्छा जाहेर गरेका छन्।

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल निर्माणको ठेक्का ग्लोबल टेन्डरमार्फत चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले कुल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरीे ठेक्का पाएको हो।  

सन् २०१८ जनवरी १ मा अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण गराउने गरी निर्माण ठेक्का पाएको उक्त चिनियाँ कम्पनीले ठेक्काअनुसार क्याट वानमा डिजाइन भएको र पछि समय सापेक्ष क्याट टु मा काम गर्दा ९.६२ प्रतिशत भेरियसन लागत पनि बढेको छ।

गौतबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बन्ने कार्य सुुरु हुनुमा मुख्यतया बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।