बिहीबार, वैशाख १३, २०८१

प्रचण्डले भने- विप्लव पनि नेकपामा आउँछन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द विप्लव नेकपामा प्रवेश गर्ने दाबी गरेका छन् ।

सो पार्टीले आइतबार राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘एक दिन विप्लव पनि यहीँ आएर जोडिनुपर्छ । उनी अहिले हिँडिरहेको बाटो वास्तविक गन्तव्य होइन’, उनले भने ।

बलियो कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र मुलुकमा समृद्धि हासिल गर्न सकिने दाबी गर्दै प्रचण्डले छरिएर रहेका सबै कम्युनिस्ट पार्टीलाई एकै ठाउँ समाहित हुन आग्रह गरे।  

एकअर्को सन्दर्भमा प्रचण्डले पार्टी छाडेर गएकालाई घरमा अभिभावकसँग झगडा गरेर बाहिर गएको छोराछोरीको संज्ञा दिए। उनले भने, ‘घरमा झगडा गरेर छोडेर बाहिर गएका छोराछोरीले के खाए होलान् भन्ने चिन्ता बाबुआमालाई लागिरहन्छ । त्यसैगरी पार्टी छोडेर गएका प्रति चिन्ता लागिरहन्छ’, उनले भने।

कार्यक्रममा पूर्वमन्त्री पदम राईले विप्लवको बाटो ठिक नभएकाले आफू नेकपामा प्रवेश गरेको बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।