शुक्रबार, वैशाख ७, २०८१

‘सरकारले प्रदेशलाई पंगु बनाउन खोज्यो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि संघीयता र संविधानविपरित अघि बढि रहेको सरकारले प्रदेशलाई पंगु बनाउन खोजेको आरोप लगाएका छन्।

निधिले वर्तमान कम्युनिस्ट सरकार संघीयता र संविधान विरोधी रहेको आरोप लगाउँदै प्रदेशलाई अधिकाविहीन बनाउनतर्फ उद्त रहेको बताएका छन्।

पार्टीको जागरण अभियानअन्तर्गत शनिबार धनुषाको ढल्केबरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निधिले भने,‘संविधान र संघीयताअनुसार प्रदेशहरुले अधिकार पाउनु पर्दथ्यो। तर सरकारले प्रदेशलाई निरीह बनाएर सबै अधिकार सिंहदरबारमा केन्द्रीत गरेको छ।’

‘संघीय शासन प्रणालीअनुसार सिंहदरबारको अधिकार प्रदेश तथा पालिकासम्म पुग्नुपर्ने हो,’ निधिले भने, ‘तर उल्टै सबै अधिकार काठमाण्डौंमा केन्द्रीत गरिँदै छ। वर्तमान सरकारले देखाएको रवैयाका कारण नेपाली जनताले संघीयताको अनुभूति गर्न पाइरहेका छैनन्।’ 

‘लोकतान्त्रिक मूल्य मान्यताविपरित सरकारले अदालत, संवैधानिक निकायहरु कब्जा गर्न खोजी रहेको छ’ उपसभापति निधिले भने, ‘हुँदाहुँदै अब रेडक्रस, परिवार नियोजन, नेपाल स्काउटजस्ता समाजिक संस्थाहरुलाई पनि कम्युनिस्टिकरण गरिँदै छ।’

सरकार संविधान र संघीयताविपरित आगडी बढी रहेको भन्दै निधिले सरकारविरुद्ध जनुसुकै समय आन्दोलनमा होमिने अवस्था आउन सक्ने भएकोले तयार भएर बस्न कार्यकर्ताहरुलाई आग्रह गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले केन्द्र र प्रदेश २ सरकार दुबैले मधेशी जनतालाई ठग्ने काम गरेको आरोप लगाए। संविधान मधेशविरोधी रहेको भन्दै केन्द्रीय सदस्य यादवले ६५ जनालाई शहादत दिन लगाएर तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सोही संविधानअनुसार अहिले सरकारको उपप्रधानमन्त्री बनेको बताए।

कम्युनिस्ट नेतृत्वको संघीय सरकारका साथै आफूलाई मधेशवादी भत्रे दलहरुले संविधान संशोधन गराउन नसक्ने भन्दै उनले अब यो जिम्मेवारी नेपाली कांग्रेसले पुरा गर्ने दाबी गरे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए।

यसअघि नेपाली कांग्रेसका कार्यकर्ताहरुले मिथिला नगरपालिकाको ढल्केबरमा सरकारको विरोधमा प्रदर्शन गरेको थियो। ठुलो संख्यामा सहभागी रहेका कांग्रेस कार्यकर्ताहरुले प्रदर्शनको क्रममा सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।