बिहीबार, वैशाख ६, २०८१

पाँचथर नरसंहार : प्रहरी अनुसन्धानको खुलासा यस्तो छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - पाँचथरको मिक्लाजुङ-३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा ज्वाँइ मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ। जेठ ६ गते राति दुई घरमा बसेका एकै परिवारका नौं जनाको सामूहिक हत्यामा नातामा कान्छा ज्वाईँ पर्ने ३३ वर्षीय मानवहादुर माखिमले गरेको निष्कर्ष प्रहरी अनुसन्धानले निकालेको हो।

प्रहरी प्रतिवेदन अनुसार प्राप्त प्रमाण, घटनास्थलको अवस्था, बरामद सामग्रीहरु, स्थानियवासीसँगको सोधपुछअनुसार हत्या मानवहादुरले नै गरेको पुष्टी भएको छ। उनले सासु, ससुरा, श्रीमती, छोरी र साढुदाई अनि उनका श्रीमती र छोरीहरुसमेत गरी ९ जनाको हत्या गरेका थिए।

उक्त घटनाबारे प्रदेशसभालाई जानकारी दिँदै प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत बहादुर कार्कीले हत्यामा ज्वाइँ माखिमकै संलग्नता रहेको पुष्टी भएको बताए। हत्यामा अन्य कसैको संलग्नता भए नभएको भने पत्ता लगाउन प्रहरीले अनुसन्धानलाई खुल्लै राखेको छ। 

९ जनाको सामूहिक हत्या भएपछि ज्वाँइ मानबहादुर माखिम पनि झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनीमाथि नै संका गर्दै आएको थियो।

माखिमले विगत करीब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका बताइको छ। उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशङ्का गर्दै आएका थिए। श्रीमती मनकुमारीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्ने मानबहादुरको श्रीमतीसँग भने सधैँ झगडा हुने गरेको उनका आफन्तले प्रहरीलाई बताएका थिए। मानबहादुर मिक्लाजुङ–७ स्थित घरमा एक्लै बस्दै आएका थिए।

मानबहादुरले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्दै आए पनि उनकी श्रीमती मनकुमारी भने उनीसँग जसरी पनि सम्बन्ध विच्छेद गर्ने पक्षमा रहेकी थिइन्। सोही घटनामा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणको जिम्मा भने प्रदेश सरकारले लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।