काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको बैठक अपराह्न ३ बजेका लागि सारिएको छ। अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बैठक बिहान ११ बजेका लागि आह्वान गरेका थिए। बैठकका बारेमा थप गृहकार्य गर्नुपर्ने भएकाले ३ बजेसम्मका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने छन्। नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन्।
उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा माग राख्दै आएका छन्। आजको एमाले स्थायी कमिटी बैठकमा उनीहरू पनि सहभागी हुने बताइएको छ।
सोमबार अध्यक्ष ओली निवास बालकोटमा तेस्रो धारका नेताहरूसँग छलफल गरेर आजको बैठक बोलाइएको हो।