काठमाडौं- उद्योगी एवं पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार प्रभाकरण शम्शेर राणाको निधन भएको छ। अमेरिकामा एक वर्षदेखि उपचार गराइरहेका राणा विहीबार निधन भएको हो।
होटल सोल्टीका संस्थापक अध्यक्षसमेत रहेका राणा पूर्वराजा शाहको राजनीतिक सल्लाहकार भएका थिए। सिप्रदी र सुर्या टोबाको लगायतका व्यवसायमा संलग्न थिए।
उनी पूर्वराजा शाहको सल्लाहकार मात्रै होइन व्यवसायिक साझेदारसमेत थिए। न्यूर्योकमा उपचारका क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४