एजेन्सी- इंग्ल्यान्डका चार खेलाडी चम्कदा आईसीसी विश्वकप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई ३ सय १२ रनको लक्ष्य सुम्पेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन जोडेको हो ।
इंग्ल्यान्डका लागि चार ब्याट्सम्यानले अर्धशतकीय पारी खेले । बेन स्टोक्सले उत्कृष्ट अर्धशतकीय पारी खेल्दा कप्तान इओन मोर्गन, जोसन रोय र जोइ रुटले अर्धशतकीय पारी खेले । स्टोक्सले ७९ बलमा ९ चौका प्रहार गर्दै ८९ रन जोडको हुन् ।
मोर्गनले ६० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन जोडे । रोयले ५३ बलमा ७ चौका पहर गर्दै ५४ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै रुटले ५९ बलमा ५ चौकाको मद्दतमा ५१ रनको योगदान दिए । जस बुटलरले १८ र क्रिस वोक्सले १३ रन जोडे ।
दक्षिण अफ्रीका लागि लुन्गी निडीले तीन विकेट लिए । त्यस्तै इमरान ताहिर र कागिसो रबाडाले समान दुई दुई विकेट लिदाँ एन्डिले फेलुक्वायोले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४