शनिबार, वैशाख ८, २०८१

मोदीको सपथमा ८ हजार पाहुना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - भारतमा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि शपथ लिन लागेका नरेन्द्र मोदीको शपथ समारोहमा ८ हजार पाहुनालाई निम्ता दिइएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार देश तथा विदेशका गरी विशिष्ट ८ हजार व्यक्ति समारोहमा सहभागी हँदैछन्। 

भारतीय राष्ट्रपतिका प्रेस सेक्रेटरी अशोक मल्लिकका अनुसार राष्ट्रपति भवनको इतिहास मै यो सबभन्दा बढी सहभागी हुने कार्यक्रम रहेको हो। यसअघि २०१४ को शपथ समारोहमा करिब ५ हजार सहभागी भएका थिए।
 
विमस्टेकका राष्ट्र प्रमुखहरुलाई विशेष रुपमा शपथ समारोहमा बोलाइएको छ भने अन्य देशका प्रतिनिधिहरु पनि सहभागी हुने जनाइएको छ।

विहीबार साँझ ७ बजेपछि राष्ट्रपति भवनमा हुने सपथमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् भने नेपालबाट केही उद्योगी व्यापारीहरुसमेत पुगेका छन्।

यसैगरी विमस्टेक राष्ट्र प्रमुखहरुमा बंगलादेशका राष्ट्रपति अब्दुल हामिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, म्यानमारका राष्ट्रपति यू वीन म्यैन्ट, भुटानका प्रधानमन्त्री लोटय तेछीरङ्ग, काजकिस्तानका राष्ट्रपति सोरनबे जीनबेकोभ र मरिससका प्रधानमन्त्री प्रविन्द कुमार जुजनौथ र थाईल्याण्डका प्रतिनिधिहरु शपथमा सहभागी हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।