शनिबार, वैशाख ८, २०८१

पहिलो पटक विश्वकप खेल्ने स्टार खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- यस पटकको विश्वकप एकदिवसीय क्रिकेट प्रतियोगिता कैयौ खेलाडीका लागि खास हुने छ । स्टार खेलाडी समेत विश्वकपमा आफुलाई उत्कृष्ट सावित गर्न लागि पर्ने छन् । त्यस्तै पहिलो पटक विश्वकपमा सहभागीता जनाउने खेलाडीले झनै आफुलाई उत्कृष्ट सावित गर्दै डेब्यु विश्वकपमै छाप राख्न हरप्रयास गर्ने छन् । 

विश्वकपमा सहभागीता जनाउने १० टोलीका ८१ खेलाडीले पहिलोपटक विश्वकप खेल्दै छन् । त्यसमध्य पछिल्लो समय लगातार सानदार प्रदर्शन गर्दै आएका केही उत्कृष्ट खेलाडीहरु । जसले विश्वकपमा पहिलो पटक सहभागीता जनाउँदै छन् । 

जसप्रीत बुमराह (भारत)

एकदिवसीय क्रिकेटमा २०१६ मा डेब्यु गरेका जसप्रीतले पहिलो पटक एकदिवसीय विश्वकप खेल्दै छन् । भारतीय तिब्र गतिका बलर बुमराहले ४९ खेलमा २२.१५ को औसतमा ८५ विकेट लिएका छन् । उनको स्ट्राइक रेट ४.५१ रहेको छ । बुमराको सबैभन्दा सबल पक्ष नयाँ र पुरानो बलमा एक समान प्रदर्शन रहन्छ ।

राशिद खान (अफगानिस्तान)

जुन तरिकामा भारतीय टोली तिब्र गतिका बलर बुमराहमा निर्भर छ, त्यसरी गरी अफगानिस्तानको टोली पनि राशिद खानमा निर्भर रहेको छ । अक्टुबर २०१५ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका राशिदले आफ्नो उत्कृष्ट प्रदर्शनले धेरैजसो विश्वस्तरीय ब्याट्सम्यानलाई पेभिलियन फर्काएका छन् । 

डेब्यु पछि एकदिवसीयमा राशिद सबै भन्दा बढी विकेट लिने खेलाडी बनेका छन् । उनले १५.०८ को औसतमा १२५ विकेट लिएका छन् । एकदिवसीयमा उनको इकोनोमी रेट ३.९१ रहेको छ । उनी बलिङसँगै तल्लो क्रममा आक्रमक ब्याटिङ पनि गर्न सक्ने सामार्थे राख्दछन् । उनको नाममा ४ अर्धशतक छन् । 

फखर जमा (पाकिस्तान)

पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमा पनि एक उत्कृष्ट ब्याट्सम्यान हुन् । उनीमाथी धेरै जसो क्रिकेट विश्लेषकको नजर परेको छ । दुई वर्ष पहिले च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध शतक प्रहार गर्दै उपाधि दिलाएका उनले उक्त प्रतियोगितामा जस्तो सुकै परिस्थितीमा पनि रन जोड्दै आफुलाई उत्कृष्ट खेलाडी भएको सावित गरेका थिए । 

२९ बर्षीय जमाले ३६ एकदिवसीय प्रतियोगिता खेल्दा ५१.३१ को औसत र ९८.१४ को स्ट्राइक रेटमा १ हजार ६४२ रन जोडेका छन् । उनी एकदिवसीयमा दोहोरो शतक प्रहार गर्ने पाकिस्तानका एक्लो खेलाडी हुन । 

शाई होप (वेस्टइन्डिज)

जमा जस्तै वेस्टइन्डिजका शीर्ष क्रमका ब्याट्सम्यान शाई होपको औसत पनि ५० भन्दा बढी छ । २५ वर्षीय शाईले ५४ खेल खेलका छन् । उनले ५१.०६ को औसतमा २ हजार २४७ रन बनाएका छन् ।

जसमा ६ शतक छन् । उनको प्रदर्शन ओपनर ब्याट्सम्यानमा झनै राम्रो रहेको छ । उनले ओपनर ब्याटिङ गर्ने क्रममा ४ शतक प्रहार गरेका छन् । विश्वकपमा उनी वेस्टइन्डिजका लागि सबै भन्दा आशादित खेलाडी मध्य एक हुन् । 

जोनी बेयरस्टो (इंग्ल्यान्ड)

इंग्ल्यान्डको प्रदर्शन यसपटक सन्तोस जनक रहनुमा जोन बेयरस्टोलाई टिमको मुख्य आधार मानेको छ । उनले आइपिएलका १० खेलमा ५५.६२ को औसतमा ४४५ रन जोडेका थिए । उनी तिब्र तथा स्पिनर बलर सामु मज्जैले खुलेर खेल्न सक्ने क्षमतावान खेलाडी हुन् । 

उनेल ६३ एकदिवसीय खेलमा ४७.५३ को औसतमा २ हजार ३२९ रन बनाएका छन् । तर, घरेलु मैदानमा उनी झनै आक्रमक प्रस्तुत हुने गर्दछन् । इंग्ल्यान्डमा उनले ६३.२१ को औसतमा १ हजार ४५४ रन जोडेका छन् । 

हार्दिक पाण्डेय (भारत)

हार्दिक पाण्डेयले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेदेखी उत्कृष्ट पारी खेलेका छन् । उनी आक्रमक ब्याटिङसँगै एक तिब्र गतिका बलर पनि हुन् । ४५ एकदिवसीय खेल खेलेका हार्दिकले २९ पारीमा कुल ७३१ रन बनाएका छन् । उनले ४४ विकेट समेत लिएका छन् । 

यि खेलाडी बाहेक मार्कस स्टोइनिस (अष्ट्रेलिया), जेसन राय (इंग्ल्यान्ड), निकोलस पुरन (वेस्टइन्डिज), कालिन डी ग्रेडहोम (न्युजल्यान्ड) बाबर आजम (पाकिस्तान), कागिसो रबाडा (दक्षिण अफ्रीका)को प्रदर्शन पनि उत्कृष्ट रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।