बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रेशम चौधरी जेलभित्रै बिरामी : राजपा छोड्ने मनस्थितिमा 

रेशम चौधरी जेलभित्रै बिरामी : राजपा छोड्ने मनस्थितिमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : टीकापुर घटनामा स‌ंलग्‍न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका सांसद रेशम चौधरी जेलभित्रै बिरामी परेका छन्।

चौधरीको फोक्सोमा समस्या देखिएको छ। यसअघि पनि चौधरी बारम्बार विरामी परेका थिए।जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ।

करिब एक सातादेखि जेलभित्रै विरामी परेका सांसद चौधरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेताहरुलाई फोन गर्दै आएका छन्। 

नेपाल समयसँग कुराकानी गर्दै चौधरीकी श्रीमती रंजिताले भनिन्,‘उहाँले जेलबाट राजपाका नेताहरुलाई बारम्बार फोन गर्नु भयो। तर नेता जीहरुले वास्ता गर्नु भएन। नेता जीहरुले भेट्न भन्‍नुभएको छैन।’

रंजिताका अनुसार आफ्नै पार्टीका नेताहरुले सहयोग गर्न छोडेपछि चौधरी निरास हुँदै पार्टी छोड्न मनस्थितिमा पुगेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।