बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नबिल बैंकको बदमासी, साढे दुईमहिनादेखि अल्झियो बोनस सेयर

नबिल बैंकको बदमासी, साढे दुईमहिनादेखि अल्झियो बोनस सेयर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नबिल बैंक लिमिटेडले अहिलेसम्म बोनस सेयर लगानीकर्ताको खातामा राखिदिएको छैन ।

बैंकको फागुन २७ गतेको साधारणसभाले आफ्ना लगानीकर्ताहरुको लागि १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांस पारित गरेको थियो । तर पारित भएको साढे दुई महिना वितिसक्दा पनि लगानीकर्ताहरुको खातामा बोनस सेयर आएको छैन ।

साधारणतया लाभांस पारित भएको महिनादिनभित्र सेयरधनीको खातामा बोनस तथा नगद लाभांस गइसक्नुपर्ने हो तर नविल बैंकले भने नगद लाभांसमात्र खातामा पठाएको छ । 

नविल बैंकका कम्पनी सचिव माधव रेग्मीका अनुसार कागजी प्रक्रिया ढिलो भएका कारण लगानीकर्ताको बोनस सेयर समयमा नै खातामा जान नसकेको हो ।
 
उनले अब करिव १५ दिन भित्र बोनस  सेयर खातामा जाने दावी गर्दै कम्पनी रजिष्ट्रार र नेपाल राष्ट्र बैंकबाट अनुमति लिइसकेको बताए । 

बैंकले नेपाल धितोपत्र बोर्ड (सेवन), बाट स्वीकृति लिएर नेपाल स्टक एक्सचेन्जमा सुचना दिएपछि भने नविल इन्भेष्टमेन्टले लगानीकर्ताको सम्बन्धित खातामा बोनस सेयर राखिदिने जनाएको छ।
 
तर लगानीकर्ताहरु भने नविल बैंकले लगानीकर्ताहरुलाई जानी जानी झुक्याएको बताउँछन् । उनीहरुका अनुसार बैंकको चुक्तापुँजी ९ अर्ब एक करोड रुपैयाँ रहेको र सो रकमको १२ प्रतिशत बोनस सेयर बापत छुट्याइएको एक अर्ब ८ करोड रुपैयाँ केही महिनाको लागि लगानी गरेर नाफा कमाउन केन्द्रित भएको बताउछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।