एजेन्सी- म्यानचेस्टर युनाइटेडका फ्रेन्च स्टार खेलाडी पाउल पोग्बालाई अनुबन्ध गर्न दुई क्लबको कसरत चलेको छ । उनलाई आफ्नव क्लबम अनुबन्ध गर्न इटालियन सिरी ए क्लब युभेन्टस र स्पेनिस ला लिगा क्लब रियल मड्रिड कसरतमा छन् । केहि समय अघि बार्सिलोनाले पिन उनलाई अनुबन्ध गर्न खाेजेको समाचार प्रकाशित भएका थिए । पोग्बाबालाई र्सिलोनामा अनुबन्ध गर्न कप्तान लियोनल मेस्सीले सुझाव दिएको जनाएको थियो ।
रियलले यतिबेला आफ्ना १४ खेलाडीलाई बेच्दै केही उत्कृष्ट खेलाडी अनुबन्ध गर्न चाहेको खुलासा भएको छ । रियलले यस सिजन आफुले बेच्न चाहेका १४ खेलाडीको नामावली यस अघीनै सार्वजनिक गरि सकेको थियो ।
रियलले चेल्सी फरवार्ड इडेन हाजार्ड र पोग्बालाई अनुबन्ध गर्न विशेषा चासो देखाएको छ । त्यस्तै पिएसजीका दुई स्टार खेलाडी केलियन एमबाप्पे र नेयमारलाई पिन आफ्नो विकल्पको रुपमा राखेको जनाएको छ ।
यता इटालियन मिडियाका अनुसार युभेन्ट्सले आफ्ना पूर्वखेलाडीसमेत रहेका पोग्बालाई अनुबन्ध गर्न दुई खेलाडी दिने बताएको छ । नयाँ सिजनमा आफ्नो फितलो मिडफिल्डलाई मजबुत बनाउन युभेन्टसले पोग्बा भित्र्याउन चाहेको हो । युभेन्टसले आर्सनलबाट आरोन रामेसीलाई अनुबन्ध गरिसकेको छ ।
युनाइटेडका पोग्बा अनुबन्ध गर्न युभेन्टसले ब्राजिलियन लेफ्ट ब्याक एलेक्स सान्ड्रो र अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला दिन तयार भएको रिपोर्टले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४