शुक्रबार, वैशाख १४, २०८१

'स्पष्ट कानुन नहुँदा स्थानीय तहमा भएन विकास'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले सोमबार काठमाडौंमा गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले यस्तो बताएका हुन् ।
  
गाउँपालिकालाई सिंहदरबारसँग तुलना गरेर नहुने भन्दै अध्यक्ष श्रेष्ठले स्थानीय सरकारले काम गरेनन् भन्नुभन्दा थोरै जनशक्ति, भौतिक पूर्वाधारको अभाव र समस्याका बीच पनि काम भइरहेको बताए । महासङ्घका कोषाध्यक्ष वंशलाल तामाङले पनि गाउँपालिकाले काम गर्न नसकेको नभई परिणाम देखिन बाँकी रहेको भन्दै एउटा गाउँपालिका वा त्यहाँको कर्मचारी÷जनप्रतिनिधिले गरेको बिगारमा ७५३ स्थानीय सरकारलाई मुछ्न नहुने बताए ।  
 
पूर्वसचिव खेमराज नेपालले गाउँपालिकाले मानवस्रोतलाई विकासमा खर्चिनुपर्ने धारणा राखे । महासङ्घका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलले विगतको खाडल पुर्नुपर्ने भएकाले अपेक्षाअनुरुप उपलब्धि हुननसकेको र तालिकाअनुरुप आगामी दिनमा विकासको कामले गति लिने बताए । 

फोडेजका अध्यक्ष गोपीकृष्ण ढुङ्गाना र सचिव चन्द्रमणि भट्टराईले प्रत्येक गाउँपालिकाले समग्र विकासका अतिरिक्त एउटा विशेष कार्यक्रम ल्याउनुपर्ने र त्यसैबाट गाउँपालिका चिनिनुपर्नेमा जोड दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।