शनिबार, वैशाख ८, २०८१

मुलुक साढे १० खर्ब ऋणमा, सरकार आक्रामक !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विप्लव समुहको आक्रमकता पछि सरकार कठोर बनेको र सरकारले सार्वजनीक गरेको आर्थिक सर्वेक्षणको विषयलाई प्राथमिकताका साथ छापेका छन् । 

आजको कान्तिपुरले मुलुक करिब साढे १० खर्ब ऋणमा परेको विषयलाई मुख्य समाचार बनाएको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महंगिनु र वैदेशिक ऋण बढ्नुलागायत कारणले नेपालको ऋणभार चुलिएको हो ।
 
२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैया रहेको सर्वेक्षणमा उल्लेख छ । यसको हिसाव गर्दा प्रत्येक नेपालीको टाउकोमा ३६ हजार रुपैयाँ ऋण थोपरिएको समाचारमा उल्लेख छ । 

यस्तै कान्तिपुरले कहाँ चुके सुरक्षा निकाय शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ ।

मुलुकको राजधानीमा भएको शृंखलावद्ध विस्फोटले सरकार प्रतिवन्धित समुहको गतिविधि नियन्त्रणमा चुक्दै गएको त होइन भन्ने प्रश्न उब्जिएको छ। विप्लव समुहका गतिविधिमा प्रतिबन्धको घोषणापछि पनि उक्त समुहका कार्यकर्ता यसरी सक्रिय रहनुले सुरक्षा निकाय कहाँ चुक्दै छ भन्ने प्रश्न खडा भएको समाचारमा उल्लेख छ ।
 
आजको नागरिक दैनिकले भने बलियो सरकारको औसत काम शीर्षकमा मुख्य समाचार छापेको छ । आर्थिक सर्वेक्षणले पूर्वाधार विकासमा यो वर्ष सरकारको गति जसोतासो औसत मात्रै रहेको देखिएको छ ।
 
सर्वेक्षण अनुसार भौतिक पूर्वाधार लगायत शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइजस्ता सामाजिक क्षेत्रको भौतिक प्रगति सामान्य देखिएको छ । सरकारले वर्षौदेखि यिनै क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सबैभन्दा बढी लगानी गरेको छ ।

दुईतिहाइको स्थिर र बलियो सरकार बनेका बेला मुलुकमा विकासले फड्को मार्ने अपेक्षा सर्वसाधरणको भए पनि सर्वेक्षणले त्यस्तो नदेखाएको समाचारमा उल्लेख छ । 

यस्तै नागरिक दैनिकले विप्लव गतिविधिबारे गुप्तचरको रिपोर्टमा प्रधानमन्त्री कार्यालयबाट हेलचक्र्याइँ भएको पनि खुलासा गरेको छ । विप्लवले सहर केन्द्रित गतिविधि बढाएको भनेर अनुसन्धान विभागले बेलैमा दिइएको रिपोर्टलाई प्रधानमन्त्री कार्यालयले गम्भीरका साथ नलिदा शृंखलावद्ध विस्फोट भएको समाचारमा उल्लेख छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले भने विप्लव समुहले शृंखलावद्ध विस्फोट गराएपछि सरकार झन् कठोर बनेको विषयलाई मुख्य समाचार बनाएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले विस्फोट गराउने विप्लव समुहलाई आतंककारी भनेका छन् भने गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा मर्ने नेपाली नागरिक नभएको दाबी गरेका छन् ।
 
यस्तै आजको नयाँ पत्रिकाले गृहमन्त्री रामबहादुर थापाले विप्लवले चार कम्पनी सेना बनाइसके भनेर दिएको अभिब्यक्तिलाई मुख्य समाचार बनाएको छ । उसले प्रश्न गरेको छ– 'सरकारसँग यति ठूलो सुचना छ भने तयारी के छ ? वार्ता की बल ?' 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।