बिहीबार, वैशाख १३, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज जेठ १३ गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

विप्लवले भने : सबै घटनाको दोषी ‘केपी–पीके कम्पनी’

प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा भएको घटनाको दोषी प्रधानमन्त्री केपी शर्मा ओली (केपी) र नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका छन्।

‘विप्लव’ बारे सत्तारुढ नेकपामै तीन धार : वार्ता की कारबाही?

हिंसात्मक गतिविधि अगाडि बढाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी बारे सत्तारुढ दल नेकपाभित्रै तीन धार देखिएको छ।

'विप्लवले हिंसा जारी राखे सरकार कडा बन्छ'

नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहमाथिको प्रतिबन्ध हट्नै नसक्ने बताएका छन्। संघीय संसदमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै मन्त्री बाँस्कोटाले विप्लव समूहको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई फिर्ता लिनै नसक्ने बताए।

संसद्‍मा गृहमन्त्रीको खुलासा- 'विप्लवकाे चार तहका सेना छन्' 

विप्लव समूहको नेकपाले संविधान र राज्य विरोधी गतिविधि गर्दै आएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री थापाले चार तहको सेना बनाएर विप्लव समुहले आतंक मच्चाएको बताएका हुन् । उनले भने, ‘उनीहरुले जनसरकार भन्ने जनपरिषद् गठन गरेका छन्। जनसेनाका रुपमा चार कम्पनी गठन गरेका छन् । र, यसैको आडमा आतंक मच्चाइ राखेका छन् ।’ 

संसदमा 'बंम आतंक'को विरोध : सरकारमाथि थोपरियो दोष

विप्लव समूहले देशैभर मच्चाएको बम आतंकको संघीय संसद्मा चर्को विरोध भएको छ । प्रतिनिधि सभामा बोल्ने अधिकांश सांसदहरुले सुरक्षा व्यवस्था फितलो बनाएको र विप्लव समूहमाथि निगरानी नराखिएको भन्दै सरकारको आलोचना गरेका छन् । 

संसदमा पेस भयो आर्थिक सर्वेक्षण : १८.७ प्रतिशत नेपाली गरिबीको रेखामुनि

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशतले हुने बताएका छन्। प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक वर्षको अन्तिममा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान पेस गरेका हुन्।

जीडीपीमा कुन प्रदेशको कति योगदान ?

आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा बढी प्रदेश ३ को योगदान रहेको छ भने कर्णाली प्रदेशको सबैभन्दा कम योगदान रहेको छ।

एक नेपालीलाई ३३ हजार ऋण

एकजना नेपाली ३३ हजार २७८ रुपैयाँ ऋणको बोझ खप्न बाध्य छन्। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब रुपैयाँ छ। जसमध्ये ३ खर्ब ८३ अर्ब आन्तरिक र पाँच खर्ब ९५ अर्ब वैदेशिक ऋण छ।

भारतीय कम्पनीसँग प्राधिकरणले तोड्यो प्रसारण लाइनको ठेक्का

नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ। कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँग ठेक्का केही दिनअघि तोडेको हो।

विष्णु पौडेललाई 'भ्रष्टाचारी' भन्दै पर्चा वितरण भएपछि...

पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भ्रष्टाचारीको आरोप लगाउँदै बुटवलमा नेपाली कांग्रेसले पर्चा वितरण गरेको छ। रुपन्देही क्षेत्र नं ३ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका महासचिव समेत रहेका पौडेलको विरुद्धमा नेपाली कांग्रेसले संस्थागत रुपमै पर्चाबाजी गरेको हो। नेता पौडेल नै प्रमुख अतिथि भएको कार्यक्रममा यस्तो पर्चा वितरण गरिएको थियो। पौडेल बुटवलमा मण्डपमा निर्माण हुने प्रदर्शनी केन्द्रको शिलान्यास गर्न पुगेका थिए। उक्त कार्यक्रम सुरु हुनुभन्दा पहिले नै पुगेर नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको थियो।

विप्लवको बन्दले प्रदेशसभा बैठक स्थगित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वले आव्हान गरेको नेपाल बन्दको प्रदेश २ मा आंशिक प्रभाव देखिएपनि प्रदेशसभा बैठक पूर्ण रुपले प्रभावित भएको छ। विप्लवको बन्द आह्वानले सोमबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ।

बजेट जेठ १५ साँझ ४ बजे

 सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट यही जेठ १५ गते बजेट प्रस्तुत गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा १५ गते ४ बजे बजेट प्रस्तुत हुने संसद् सचिवालयले जनाएको हो।  

करेन्ट लागेर दुईको मृत्यु, दुई घाइते

इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। मृत्यु हुनेमा सिन्धुली पाटन गाउँपालिका–९, आमबोटेका वीरबहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्षीय विशाल तामाङ रहेका छन्।

घुससहित नायव सुब्बा पक्राउ

व्यवसायिक तथा शीप विकाश तालिम केन्द्र, भद्रपुर झापाका नायव सुब्बा राजकुमार धिमाल घुस रकमसहित पक्राउ परेका छन्। तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले धिमाललाई पैंतिस हजार घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो। 

विप्लवका दर्जनबढी कार्यकर्ता पक्राउ

देशका विभिन्न क्षेत्रबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको १३ कार्यकर्ता पक्राउ परेका छन्। हिजो र आज गरी कुल १३ कार्यकर्ता पक्राउ परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले नेपाल समयलाई जानकारी दिए।

कर्मचारी कुट्दा मेयरले खोसेको मोबाइल अझै फिर्ता गरेनन्

पत्रकारलाई सार्वजनिक दुव्र्यवहार गरेकोमा विज्ञप्ति निकालेर माफी मागेका इटहरी मेयर द्वारिकलाल चौधरीले कर्मचारीबाट खोसेको मोबाइल भने फिर्ता गरेका छैनन् ।

दुई विधेयक विधायन समितिमा

राष्ट्रियसभाको सोमबारको बैठकमा ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गरेका थिए।

बैतडीमा दुईओटा बम निष्कृय, कैलालीमा नक्कली

बैतडीको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा रहेका आइडी बमहरु सेनाले निष्कृय पारेको छ। बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो।

जनकपुरमा रात्रिकालीन उडानको सफल परीक्षण

जनकपुर विमानस्थलमा रात्रिकालीन उडानको सफल परीक्षण गरिएको छ। निजी विमान कम्पनी बुद्ध एयरलाइन्सले जनकपुर विमानस्थलमा पहिलो पटक आइतबार साँझ रात्रिकालीन उडान परीक्षण गरेको हो।

एएम र पीएम मिलाउन नजान्दा बेलुकै भयानक विस्फाेट 

राजधानीमा भएको श्रृखलावद्ध बम विस्फोटमा परि चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आइतबार साझ काठमाडौंका तीन ठाउँ सुकेधारा, घट्टेकुलो र नागढुंगामा भएको विस्फोटमा परि ४ जनाले ज्यान गुमाएका छन् । 

प्रचण्ड निवास जाने बाटोमा बम, सेनाले बनायो निष्कृय

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार जाने बाटोमा बम भेटिएको छ । ललितपुरको टुटेपानीमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको  छ।  करिब २ घण्टा लगाएर सेनाले बम डिस्पोज गरेको हो ।

विप्लवकाे बन्दसँगै बमको त्रास : कहाँ कहाँ भेटियो बम ? 

 नेत्रविक्रम चन्द विप्लव समूहले गरेको नेपाल बन्दसँगै ठाउँ ठाउँमा बम भेटिएपछि स्थानीय त्रसित बनेका छन् । बन्दले देशका अधिकांश ठाउँको जनजीवन प्रभावित भएको छ । सवारी साधन अत्यन्त कम चलेका छन् भने बजार र कलकारखाना खुल्न सकेका छैनन् । स्कूल र कलेजहरु ठप्प छन् । ठाउँ ठाउँमा बम भेटिएपछि बन्दको प्रभाव अझै बढि देखिएको छ ।

होटलको कोठामा एक युवक मृत भेटिए

धनगढी बसपार्कको एक होटलमा युवकको नग्न अवस्थामा शव फेला परेको छ। उपमहानगरपालिकाको वडा नम्वर ४ बसपार्कस्थित श्रीपाल होटलको कोठा नम्वर १०५ मा धनगढी तारानगरका आदर्श भट्टको शव फेला परेको हो।

सेना हत्याको आरोपमा एक पक्राउ

 नेपाली सेनाका जवानलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीका मंगला भनिने मंगल साह रहेका प्रहरीले जनाएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीमा एक महिने घर बिदामा आएका एक सैनिकलाई कुटपिट गरेको आरोपमा साहलाई पक्राउ गरिएको हो। 

सेती नदीमा मलामी बेपत्ता

डोटीको सेती नदीमा बगेर एक मलामी बेपत्ता भएका छन्। आदर्श गाउँपालिका-५ लामीखालका ४५ वर्षीय पुस्कर सिंह शिखर नगरपालिकाको गोपघाट नजिकै नदीमा बगेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।

गुडिरहेको बस र ट्रकमा आगजनी : कहाँ कहाँ कति सवारी जले ? 

नेपाल बन्दको आयोजना गरेका विप्लव समुहले विभिन्न ठाउँमा गुडिरहेको सवारीमा बम प्रहार र आगजनी गरेको छ । एउटा बस र तीन वटा ट्रकमा विप्लव समुहका कार्यकर्ताले आगजनी गरेका छन् । 

सर्लाहीको नगरपालिका भवनमा बम विस्फोट

सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट भएको छ । आइतबार राति अज्ञात समूहले नगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको प्रहरीले जनाएको छ। विस्फोटबाट कार्यालय भवनमा क्षती पुगेको छ । पर्खाल भत्किनुका साथ झ्यालका सिसाहरु फुटेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।