बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विष्णु पौडेललाई 'भ्रष्टाचारी' भन्दै पर्चा वितरण भएपछि...

विष्णु पौडेललाई 'भ्रष्टाचारी' भन्दै पर्चा वितरण भएपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा – पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भ्रष्टाचारीको आरोप लगाउँदै बुटवलमा नेपाली कांग्रेसले पर्चा वितरण गरेको छ।

रुपन्देही क्षेत्र नं ३ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका महासचिव समेत रहेका पौडेलको विरुद्धमा नेपाली कांग्रेसले संस्थागत रुपमै पर्चाबाजी गरेको हो। नेता पौडेल नै प्रमुख अतिथि भएको कार्यक्रममा यस्तो पर्चा वितरण गरिएको थियो। पौडेल बुटवलमा मण्डपमा निर्माण हुने प्रदर्शनी केन्द्रको शिलान्यास गर्न पुगेका थिए। उक्त कार्यक्रम सुरु हुनुभन्दा पहिले नै पुगेर नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको थियो।

‘मौका आउछ पर्खिदैन, बालुवाटार फर्किदैन’ भन्ने नारा लेखेर ‘हैट कस्तालाई भोट हालिएछ’ भन्ने शब्दावली सहित मान्छेहरुले टाउको समाएको आकृति राखिएको पोस्टरमा माथिपट्टि बालुवाटावरको फोटो र इन्सेटमा विष्णु पौडेलको तस्बिर राखिएको छ। उक्त तस्बिरको तल प्रधानमन्त्री केपी शर्मा ओली र उनको भनाई ‘म पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचारीको मूख पनि हेर्दिन’ भन्ने उल्लेख छ। उक्त पर्चा बुटवल मण्डपमा वितरण गरिएको थियो।

पर्चा वितरणपश्चात कांग्रेस नगर सभापति खेलराज पाण्डेले बालुवाटार जग्गा प्रकरणमा पौडेलले भ्रष्टाचार गरेको आरोप लगाउँदै कारबाहीका लागि दबाब स्वरुप पर्चा छरिएको बताए। ‘पर्चा वितरण पौडेलको सामाजिक बहिस्करणको सुरुवात  हो।’ पाण्डेले भने, ‘उनलाई कारबाही नगरेसम्म कांग्रेसले पौडेलको भण्डाफोर गरी नै रहन्छ।’

यता पौडेलविरुद्ध पर्चाबाजी गरिनु विकास विरोधी तत्वको खेल भएको नेकपा रुपन्देहीले बताएको छ। नेकपा रुपन्देहीका अध्यक्ष शिव सुवेदीले भने, ‘लोकतन्त्रमा विरोध गर्न कसैले छेकबार लगाएको हुँदैन। औपचारिक रुपमा विरोध गर्न पाइन्छ। यहाँ निरंकुशतन्त्र छैन। तर छद्म भेषमा जसरी पर्चा वितरण गरीयो। त्यो अत्यन्तै गलत हो। किन त्यसरी गरियो। हामीले पनि बुझेका छैनौ।’

अध्यक्ष सुवेदीले पार्टी महासचिवको चरित्र हत्या गर्ने ढंगले गरिएको पर्चाबाजी कायरताको प्रतिक भएको बताए।

वितरण गरिएको पर्चा

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।