बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारी कुट्दा मेयरले खोसेको मोबाइल अझै फिर्ता गरेनन्

कर्मचारी कुट्दा मेयरले खोसेको मोबाइल अझै फिर्ता गरेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- पत्रकारलाई सार्वजनिक दुव्र्यवहार गरेकोमा विज्ञप्ति निकालेर माफी मागेका इटहरी मेयर द्वारिकलाल चौधरीले कर्मचारीबाट खोसेको मोबाइल भने फिर्ता गरेका छैनन् ।

यही ८ गते प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद बिमलीको कार्यकक्षमा सिसी क्यामेरा बन्द गरेर कुटिएका कर्मचारीबाट खोसिएको मोबाइल मेयरले अझै फिर्ता गरेका छैनन् । इटहरी वडा नम्बर १९ का सचिव नासु मनोज दाहाललाई ढोका बन्द गरेर कुटपिट तथा उनकै जुत्ता तानेर मोबाइल खोसेका थिए मेयर चौधरीले  । तर, अझैसम्म आफूले मोबाइल नपाएको पीडित दाहालले बताए ।

मोबाइल खोसेको मात्रै हैन आफ्नो वडा कार्यकक्षको घर्रामा ५ हजार राखेर अख्तियार बोलाएर पक्राउ गर्ने भन्दै मेयरले धम्क्याएको पनि दाहालले बताए । उनले भने, 'मलाई उपमहानगरपालिकाको गाडी पठाएर बोलाएर कुटपिट गरिएको हो ।'

कुटपिटपछि गोजीबाट झट्कारेर खोसेको मोबाइल अझै फिर्ता नभएको दाहालले बताए । ९८४२०५९६४० नम्बरको सिमसहितको सामसुङ मोबाइल सेट मेयरले खोसेपछि फिर्ता गरेका छैनन् । 'कुटपिटसँगै मोबाइल पनि लुछ्नुभयो', नासु दाहालले भने, 'अझैसम्म फिर्ता पाएको छैन ।'

आफू अनाहकमा कुटिएको विषयमा ८ गने इलाका प्रहरी कार्यालय, ९ गते जिल्ला प्रशासनमा गुहार गरे पनि कतैबाट सुनुवाइ नभएको दाहालले बताए । हातपातसँगै मोबाइल खोसिँदा आफू घोर अन्यायमा परेको र आफूलाई शारीरिक, मानसिक र मानप्रतिष्ठामा ठूलो आघात पुगेको दाहालले बताए ।

'मैले भ्रष्टाचार गरेको प्रमाणित भएमा सबै कानुनी कारबाही भोग्न तयार छु', नासु दाहाल भन्छन्, 'मेयरलाइ झोक चल्यो भन्दैमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा बोलाएर कुटिन तयार छुइनँ ।'

मैले मोबाइल लिएकै छैन : मेयर चौधरी

मेयर द्वारिकलाल चौधरीले भने आपूmले मोबाइल नलिएको बताएका छन् । हाल काठमाडौं पुगेको बताएका मेयर चौधरीले नेपास समयसँग भने, 'मैले मोबाइल लिएकै छैन । के फिर्ता गर्नु ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।