शुक्रबार, वैशाख ७, २०८१

बन्दले देशभरको जनजीवन प्रभावित, कहाँ कहाँ भेटियो बम ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पार्टीका कार्यकर्ताको हत्या भएको भन्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको समुहले गरेको नेपाल बन्दले देशैभरको जनजीवन प्रभावित भएको छ । 

राजधानीमा आइतबार शृंखलाबद्ध रुपमा बम विस्फोट भएपछि सोमबार अधिकांशमा ठाउँमा बन्दकाे प्रभाव देखिएको हो । विस्फोटपछि स्थानीय त्रसित भएका छन् भने फाट्टफुट्टबाहेक अधिकांश ठाउँमा सवारीसाधन चलेका छैनन् । बजार र कलकारखाना बन्द भएका छन् भने स्कूल र कलेज ठप्प छन् ।
 
बन्दको प्रभाव काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा बढि मात्रामा देखिएको छ । उपत्यकामा अत्यन्त कम सवारी साधन सडकमा गुडेका छन् भने बजार र पसल खुलेका छैनन् । सडक सुनसान जस्तो बन्दा स्कूल कलेज पनि खुल्न सकेका छैनन् । 

यस्तै सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश, प्रदेश ५, प्रदेश ४ र प्रदेश ३ को जनजीवन पनि प्रभावित भएको छ । प्रदेश २ र १ मा भने बन्दको आशिंक मात्रै प्रभाव देखिएको  छ। 

पार्टीका कार्यकर्ता तिर्थराज घिमिरको हत्या भएको भन्दै त्यसको विरोधमा विप्लव नेतृत्वको समुहले बन्द आब्हान गरेको हो । घिमिरेलाई नियन्त्रणमा लिएर हत्या गरिएको आरोप विप्लव समूहले लगाउदै आएको छ ।

ठाउँ ठाउँमा बम

बन्दको आयोजना गरेको विप्लव समुहले ठाउँ ठाउँमा बम राखेर स्थानीयलाई त्रसित बनाएको छ । मोरङ, धादिङ, कास्की, नवलपरासी, मकवानपुर, बाग्लुङ, अर्घाखाँचीलगायतका विभिन्न ठाउँमा बम फेला परेका छन् ।
 
बम डिस्पोज गर्ने कार्यमा नेपाली सेनाको टोली सक्रिय बनेको छ । बम भेटिएपछि अधिकांश ठाउँका स्थानीयमा त्रास देखिएको छ । ठाउँ ठाउँका सडकमा समेत बम राखेको पाइएपछि सवारी साधन गुड्न सकेका छैनन्।

यस्तै आइतबार साँझ काठमाडौंका तीन ठाउँमा बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र नागढुंगामा भएको विस्फोटमा परि ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

विस्फोटमा परि ज्यान गुमानउनेमा विप्लव समुहका कार्यकर्ताहरु नै रहेको प्रहरीको दाबी छ । काठमाडौंमा बम बनाउने र टाइम मिलाउने क्रममा विस्फोट भएको प्रहरीको अनुसन्धानले देखाएको छ । 

ट्रकमा पेट्रोल बम प्रहार

नेपाल बन्दको आयोजना गरेका विप्लव समुहले नवलपरासीको अरुणखोलामा एक ट्रकमाथि पेट्रोल बम प्रहार गरेको छ । लु २ ख १०८ नम्बरको ट्रकमा साेमबार बिहान पेट्रोल बम प्रहार भएको हाे । बम प्रहारवाट ट्रक चालक घाइते भएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।