शुक्रबार, वैशाख १४, २०८१

मझगाउँ विमानस्थल सञ्चालनका लागि पहल सुरु   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - दुई दशक देखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन लागि जिल्लावासी दवावमुलक आन्दोलनमा उत्रिएका छन्। पूर्व वन अधिकृत रमेश चन्दको संयोजकत्वमा मझगाँउ विमानस्थल संघर्ष समिति गठन गर्दै जिल्लावासीले दवावमुलक आन्दोलन सुरु गरेका हुन्। समितिको सह–संयोजकमा तिलक दत्त भट्ट, सञ्चार संयोजक ज्ञानेन्द्र महता, व्यवस्थापन संयोजक करन पाल, सचिव राजेन्द्रबहादुर चन्द, सह–सचिव ईन्द्र भट्ट, सदस्य अम्बादत्त तिवारी, लोकराज भट्ट, सिद्धराज भट्ट, नरेन्द्र भाट, चन्द्रदेव बडू, देवराज जोशी, सावित्री भट्ट, राजेन्द्र गिरी, विरेन्द्र विसी रहेका छन्।

दवावमुलक आन्दोलनका क्रममा विमानस्थल सञ्चालन गर्न राजनीतिक दलका नेता, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाका जनप्रतिनिधि तथा अन्य सम्वन्धित निकायसँग भेटघाट तथा परामर्श गरिने संयोजक चन्दले बताए। ‘विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार, उपकरणको विस्तार गर्दै महेन्द्रनगर–काठमाडौँ–महेन्द्रनगर नियमित उडानका लागि दवाव श्रृजना गर्ने तयारी भइरहेको छ।’ उनले भने। 

मझगाँउ विमानस्थल संघर्ष समितिका व्यवस्थापक संयोजक करनसिंह पालका अनुसार अहिले सुदूरपश्चिममा नियमित रुपमा सञ्चालन रहेको धनगढी विमानस्थल स्तृरवृबद्धीका लागि एक महिना सम्म बन्द हुँदा हवाई यात्राका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ।

असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि यस अघि पनि पटक–पटक संघर्षका कार्यक्रम भएका थिए। तर त्यसले सार्थकता पाउन सकेको छैन्। जसले गर्दा विमानस्थलमा दिनभरी गाई गोरुको बथान देखिन्छ भने धेरैका लागि खेल मैदान बनेको छ। तर विमानस्थल सञ्चालनका लागि चुनावी एजेण्डा बनाएका नेताले पनि कुनै वास्ता गरेका छैनन्। नेताहरुको सक्रियता नहुँदा नीजि क्षेत्रको प्रयास पटक–पटक असफल भएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगवहादुर मल्लले बताए। सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थल सुचारुका लागि काम भइरहेको अवस्थामा मझगाउँ विमानस्थल सञ्चालनका लागि भने नागरिक उड्यन प्राधिकरणसंग समेत कुनै योजना छैन्।

२०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द भएको भीमदत्त नगरपालिका वडा नम्वर १६ मझगाउँमा रहेको विमानस्थल पुनः संचालन भए पर्यटन प्रवर्धननका लागि महत्वपूर्णहुने विश्वास गरिएको छ। एसियाको दोस्रो लामो झोलुङ्गे पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बेतकोट ताल, बैजनाथ धाम, लिङा क्षेत्र लगायतका पयर्टकीय गन्तव्य कञ्चपुरमै भएपनि अपेक्षाकृत रुपमा पर्यटक भित्रिन नसक्नुमा जिल्लामा विमानस्थल सुचारु नहुनुलाई पनि लिइएको छ। 

देशकै पश्चिमी सीमानाका नजिक रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आए नजिकै रहेको भारतको राजधानी दिल्लीबाट समेत पर्यटक भित्र्याउन सजिलो हुने पर्यटन व्यवसायी पर्मानन्द भण्डारीको भनाइ छ। झन्डै ५२ बिघा क्षेत्रफलमा रहेको विमानस्थल अहिले गौचरणमा परिणत छ। जग्गाको संरक्षका लागि समेत कुनै योजना राखिएको छैन्। विमानस्थलमै निर्माण गरिएका करोडौका संरचनाको समेत सुरक्षा गरिएको छैन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।