शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • क्रियाशील सदस्यता विवाद 'टुंग्याएर' कार्यदलले देउवालाई बुझायो प्रतिवेदन

क्रियाशील सदस्यता विवाद 'टुंग्याएर' कार्यदलले देउवालाई बुझायो प्रतिवेदन

नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद समाधान गर्न गठित कार्यदलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसमा लामो समयदेखि विवादित क्रियाशील सदस्यताको विवाद टुंगिने भएको छ। उक्त विवाद समाधान गर्न गठित तीन सदस्यीय कार्यदलले सभापति शेरबहादुर देउवालाई सोमबार प्रतिवेदन बुझाएको छ। र, प्रतिवेदनमा विवाद समाधानको खाकासमेत प्रस्तुत गरिएको छ। 

triton college

वरिष्ठ नेता रामचन्द्र पौडेलसमेतको उपस्थितिमा कार्यदलले देउवालाई प्रतिवेदन बुझाएको छ। नेताहरु कृष्ण सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले प्रतिवेदन बुझाएपछि क्रियाशील सदस्यताको विवाद टुंगिने नेताहरुले बताएका छन्।

पछिल्लो पटक बसेको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता विवाद समाधानका लागि सिटौला, रिजाल र लेखक रहने गरी कार्यदल गठन गरेको थियो। बैठकले भदौ तीन गतेभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउनुपर्ने जिम्मेवारी कार्यदललाई दिएको थियो। कार्यदलले ४ दिन ढिलो गरी प्रतिवेदन सभापतिलाई बुझाएको छ। 

यसअघि क्रियाशील सदस्यता विवाद छानबिनका लागि नेता रमेश लेखकको संयोजकत्वमा समिति गठन भएको थियो। उक्त समितिले प्रतिवेदन बुझाएपछि पनि विवाद समाधान नभएपछि केन्द्रीय समिति बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो। 

प्रकाशित: Aug 23, 2021| 21:27 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...