शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डिआजी बढुवा भाड्न गृहमन्त्रीले एसएसपीलाई मुद्दा हाल्न लगाए !

डिआजी बढुवा भाड्न गृहमन्त्रीले एसएसपीलाई मुद्दा हाल्न लगाए !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ- नेपाल प्रहरीको डिआइजी बढुवामा आफू अनुकुलको निर्णय नभएपछि बढुवा प्रकिया भाँड्न गृहमन्‍त्री रामबहादुर थापाले नै आफू निकटका एसएसपीलाई मुद्दा हाल्न उक्साएको खुलासा भएको छ। 

गत बैशाख १९ गते  गृहमन्त्रालयले नेपाल प्रहरीको डिआजी बढुवा सिफारीस गर्यो । नेपाल प्रहरीको कार्यसम्पादन मुल्याङकनको  एक नंम्बर एसएसपी विश्वराज पोखरेल डिआजी सिफारिसमा परे । पोखरेल आफ्ना ब्याची  मात्र हैन, आइजीपी सर्वेन्द्र खनाल भन्दा तीन महिनापछि भर्ना भएका ९८ ब्याचका १६ जना एसएसपीलाई पछि पार्दै डिआइजी बन्‍न सफल भएका थिए ।उनले आफ्नै ब्याच १०१ का १५ जना एसएसपीलाई पछाडि पारेका थिए ।

गृहमन्त्री रामबहादुर थापा आफू निकट ९८ ब्याचका वीरेन्द्र श्रेष्ठलाई डिआजीमा बढुवा गर्ने तयारीमा थिए तर कार्यसम्पादन मूल्यांकनमा एसएसपी पोखरेल अगाडी रहेपछि थापाको योजना अघि बढ्न सकेन। आफु निकटका एसएसपीलाई डिआजीमा बढुवा गर्न थापाले अनेक उपाय लगाए तर सफल भएनन् । 

स्रोतका अनुसार गृहमन्त्री थापाले गृह मन्त्रालयको सिफारिसमा भएको डिआजी बढुवा रोक्न एसएसपी विरेन्द्र श्रेष्ठलाई मुद्दा हाल्न सुझाब दिएका थिए । तपाई सर्वोच्चमा मुद्दा हाल्नुस् म साथ दिउँला, गृहमन्त्री थापाले डिआजी बढुवामा नपरेका एसएसपी श्रेष्ठलाई दिएको सुझाव उधृत गर्दै स्रोतले भन्यो।

आफू वरिष्ठ भए पनि बढुवामा नपरेको असन्तुष्टी पोख्न श्रेष्ठ गृहमन्त्री थापालाई भेट्न उनको निवास पुगेका थिए । श्रेष्ठले आफू सिनियर एसएसपी भएको र बढुबाको एकल दाबेदार भएको दाबी गृहमन्त्रीसमक्ष गरेका थिए । गृहमन्त्री थापाले बढुवा प्रक्रिया भाड्ने गरी एसएसपी श्रेष्ठलाई मुद्दा हाल्नु सुझाब दिएपछि श्रेष्ठले त्यसो गरेनन् र संगठनको निर्णय स्वीकार गरे ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रालय समालेदेखि नै सरुवा तथा बढुवामा आफू निकटका  केही सिमित पात्रहरुलाई काँखै च्याप्दै आएका छन् । प्रहरी र गृहमन्त्रालय अन्र्तगतका कर्मचारीले थापाको असन्तुलित कार्यशैलीबारे प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड र रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर पटक पटक गुनासो गरेको स्रोतले दाबी गरेको छ ।
 
डिआइजी बढुवामा गृहमन्‍त्रीको बढी नै चासो र चलखेल देखिएपछि प्रधानमन्‍त्री केपी शर्मा ओलीले यसमा हस्तक्षेप गरेका थिए। गृहमन्त्रीको कार्यशैली मन नपराएका प्रधानमन्त्री ओलीले डिआजी बढुवा गर्दा रक्षा मन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका थिए । आफनो मन्त्रालय अन्तरगत प्रहरी प्रशासनमा रक्षामन्त्रालयको हस्तक्षेप असहय भएपछि गृहमन्त्री रामबहादुर थापाले वढुवाको रोलक्रममा रहेका अन्य एसएसपीलाई मुद्दा हाल्न उक्साएका थिए । 

नेपाल प्रहरीको बढुवामा चित्त नवुझे उजुरी हाल्न सकिने ब्याबस्था छ तर उजुरी प्रमाणीत गर्न नसके उजुरीकर्ताको दुई नम्बर घट्ने र त्यसले  आगामी दिनमा हुने बढुवालाई असर पर्ने भएकोले बढुवामा असन्तुष्ट भए पनि बढुवामा उजुरी हाल्न डराउने गरेका छन्।

गत कार्तिक १० गते काभ्रेमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डिआजी सुशील भण्डारीको निधन भएपछि  ७ महिना देखि नेपाल प्रहरीको एक जना डिआजीको पद खाली भएको थियो । एक मात्र डिआजी पदका लागि ९८ ब्याचका १६ जना र १०१ ब्याचका १५ गरी ३१ जना प्रतिसपर्धामा थिए । एसएसपी विश्वराज पोखरेलले सबैलाई पछाडी पादै डिआजी बन्‍न सफल भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।