बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पोखराको मुटु अर्थात् महेन्द्रपुलमा भ्वाङ परेपछि सेती किनारका बस्तीमा त्राही

पोखराको मुटु अर्थात् महेन्द्रपुलमा भ्वाङ परेपछि सेती किनारका बस्तीमा त्राही

'विगतदेखि नै सडक र बस्ती भासिएका कारण यो बजार जोखिममा त छ। तर महानगरपालिकाले केही न केही व्यवस्था गर्नुपर्ने देखिन्छ,’ उनले भने।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

पोखरा- पोखराको महेन्द्रपुल बजार क्षेत्रमा सडकमा भ्वाङ परेको छ। आइतबार रातीको अविरल वर्षापछि सेती नदीको किनारैमा पर्ने पोखरा महानगरपालिका-९ स्थित बजार क्षेत्रको सडक भ्वाङ परेर भासिएकाले स्थानीय बासिन्दा चिन्तित बनेका छन्।

triton college

वडाध्यक्ष रामराज लामिछानेले पोखराको खानेपानी विस्तारमा काम गर्दै आइरहेको जापानी परियोजना (जाईका)ले पाइप बिच्छाउन खनेको कुलोमा पानी जम्मा भएर भासिएको बताए। 'विगतदेखि नै सडक र बस्ती भासिएका कारण यो बजार जोखिममा त छ। तर महानगरपालिकाले केही न केही व्यवस्था गर्नुपर्ने देखिन्छ,’ उनले भने। 

आइतबार राती परेको भ्वाङ सोमबार बिहान बढेको थियो। यद्यपि वरिपरिका मानिस भने ढुक्कैले बसिरहेका छन्। ‘जोखिम त बढेको छ नै। तैपनि मानिसहरू पनि बसिरहेकै छन्, व्यापार पनि चलिरहेको छ,’ वडाध्यक्ष लामिछानेको भनाइ छ। 

विगतका वर्षमा पनि पोखराको नयाँ सडक क्षेत्रमा भ्वाङ परेका थिए। पोखरा महानगरपालिकाको कार्यालय अगाडि नै भ्वाङ परेपनि सम्बन्धित निकाय भने निश्चिन्त रहँदै आएको छ। यस्तै केही वर्ष अगाडि पोखराको अर्मलामा पनि भ्वाङ परेका कारण सिंगो पोखरा बजारलाई नै त्रसित बनाएको थियो। 


corrent noodles
Metro Mart

महेन्द्रपुल बजार भौगोलिक रूपमा पनि जोखिमपूर्ण नै मानिन्छ। सेती नदी भासिएर बगेकाको हुनाले पोखराको के आई सिंह पुलदेखि रातोपैह्रोसम्म पर्ने पोखराको पश्चिमी क्षेत्रलाई विज्ञले कमजोर मान्दै आएका छन्। पोखराको के आई सिंह पुलदेखि रातोपैह्रोसम्मका क्षेत्रमा मानव बस्ती छ। यो क्षेत्रमा एक हजार ५ सयभन्दा बढी घर रहेको वडा कार्यालयको भनाइ छ। 

पोखराको सेती नदीको भौगर्भिक अध्ययन गर्दै आइरहेका नारायण गुरुङले पोखराको जमिनको सतहमुनिको भाग कमजोर रहेको बताए। सेतीदेखि पूर्वी भागभन्दा पनि पश्चिमी भाग कमजोर रहेको उनको भनाइ छ। 

पृथ्वीनारायण क्याम्पस भूगोल विभागका प्राध्यापक खगेन्द्र पौडेलले सेती नदीको पश्चिमी गर्भमा सानासाना पानीका दह रहेकाकाले भासिने जोखिम रहेको बताउँछन्। खानी तथा भूगर्भ विभागले सन् १९९८ मा गरेको अध्ययनले यस्तो देखाएको उनको भनाइ छ। 

सेती नदीले जुनसुकै बेला पनि विपद् ल्याउन सक्ने भएकाले सचेतता अपनाउनुपर्ने पौडेल बताउँछन्। अन्नपूर्ण चौथो र माछापुच्छ्रे हिमालको दक्षिणी मोहोडामा रहेका ठूला चट्टान जतिसुकै बेला पनि बजारिन सक्ने र बाढी आउन सक्ने उनको भनाइ छ। यसरी बाढी आए कास्कीको सादलदेखि तनहुँको भिमादसम्म क्षति पुर्‍याउन सक्ने उनले उल्लेख गरे। 

२०६९ सालमा सेतीमा आएको बाढीमा परी २७ जनाभन्दा बढीको ज्यान गएको थियो भने केही बेपत्ता भएका थिए। 

प्रकाशित: Aug 23, 2021| 21:21 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।