शनिबार, वैशाख ८, २०८१

बाराको विद्यालयलाई नेपाल बैंकको ५० लाख

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज - बाराको परवानीपुरमा अवस्थित सामुदायिक विद्यालय भवन पुनःनिर्माण गर्न नेपाल बैंक लिमिटेडले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक व्यवस्थापनले परवानीपुर गाउँपालिकाको वडा नम्बर–४ चैनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन निर्माणको लागी आर्थिक सहयोग उपलब्ध गराएको हो।

बैंक संचालक समिति अध्यक्ष बासुदेव अधिकारीले विद्यालय व्यवस्थापन समितिलाई शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा सहयोग रकम वापतको चेक हस्तान्तरण गरेका हुन्। गत चैत १७ गते आएको विनाशकारी हुरीले विद्यालय भवनको ६ वटा कोठा क्षतिग्रस्त बनाएको थियो।

बैंकले आर्थिक वर्ष ०७५/७६ को व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम हस्तान्तरण गरेको वडाध्यक्ष गजेन्द्र पटेलले जानकारी दिए।

हस्तान्तरण कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको समेत उपस्थिति रहेको थियो। यसअघि बैंकले सिन्धुपाल्चोकको संस्कृत विद्यालयलाई ५२ लाख रुपैयाँ विद्यालय भवन निर्माण गर्न उपलब्ध गराएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।