बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बैंककबाट क्यानडा हिडेका तीन सय युवा जब काठमाडौंमा ओर्लिए...

बैंककबाट क्यानडा हिडेका तीन सय युवा जब काठमाडौंमा ओर्लिए...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - मानव तस्करका ठग्ने कला पनि अनौठा हुन्छन्। भोजपुरका परशुराम गुरुङले बेरोजगार युवालाई विदेशी जागिरको प्रलोभनमा ठग्ने एउटा गजब कला देखेर प्रहरी समेत अचम्मित भएको छ। क्यानडा लगायतका मुलुकमा आकर्षक तलबमा जागिर लगाइदिने भन्दै बैंकक लैजाने र त्यहाँबाट सम्बन्धित देशमा उडाउने भन्दै केहीलाई दिल्ली र केहीलाई काठमाडौंमा फिर्ता पठाउने गरेको खुलासा भएको छ।

प्रहरीको अनुसन्धानबाट झन्डै तीन सय युवालाई उनले त्यसरी जिल्लाएर ठगेका छन्। आफू यसरी ठगिएको भन्दै तीन सयभन्दा बढीले प्रहरीमा उजुरी दिएका छन्। यस्तो धन्दा चलाउँदै आएका परशुरामलाई इन्टरपोलको सहयोगमा बैंककबाट पक्राउ गरी शुक्रबार बेलुका काठमाडौं ल्याइएको छ।  यसबारेमा विस्तृत अनुसन्धान सुरु भएको केन्द्रीय अनुसन्धान विभागका प्रमुख डिआइजी निरजबहादुर शाहीले नेपाल समयसँग बताए। 

लमजुङका थम्पु परियारले आकर्षक तलबमा क्यानडा जान पाइने खबर सुने। त्यसपछि उनी  १५ लाख  तिरेर काठमाडौंबाट थाईल्याण्ड पुगे। १२ दिन होटलमा बसेर क्यानडा उड्ने र मनग्य पैसा कमाउने सपना बुनेका उनलाई १३ औं दिनमा गुरुङले क्यानडा उड्नका लागि तयार हुन र एयरपोर्ट जान भने। गुरुङले परियारलाई क्यानडाको भिषा र टिकट विमानस्थलमै दिने बताएका थिए। 

इमिग्रेसनमा पुगेपछि परियारसँग भिषा र टिकट मागियो। लिफा खोलेर हेर्दा क्यानडा हैन काठमाडौं जाने प्लेनको टिकट देखेपछि उनी छाँगाबाट खसेझैं भए। परियारले गुरुङलाई फोन गरे र किन नेपाल जाने टिकट दिएको भनेर प्रश्न गरे। गुरुङले क्यानडाको लागि सेटिङ मिलाउँदै गरेको जवाफ फर्काएर मोवाईल बन्द गरे। परियार नेपाल फर्कनुको बिकल्प थिएन।

थम्पु परियार जस्ता ३ सय बढी पीडितले केन्द्रीय अनुसन्धान ब्युरोमा ठगिएको उजुरी दिएपछि गुरुङमाथि ईन्टरपोल मार्फत ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो। गुरुङले थाईल्याण्डमा बसेर नेपाली युवालाई बैदेशिक रोजगारीमा क्यानडा अमेरिका, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलियालगायतका देशमा पठाउने भन्दै ठगी गदै आएका सिआइबीले जनाएको छ। 



कमल, पारस, मनोज, किम, अधिराज थापामगर, प्रताबलगायतका विभिन्न नामले गुरुङ चिनिदै आएका थिए। केन्द्रीय अनुसन्धान ब्युुरोले गुरुङले विभिन्न देशका २४ वटा नम्बरबाट नेपालका युवालाई फोन गर्ने गरेको र  थाईल्याण्डमा बोलाइ पैसा लिने र पुनः नेपाल पठाउने गरेको जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले थाईल्याण्डमा बस्दै युवा ठगी गर्ने गुरुङलाई शुक्रबार काठमाडौं ल्याएर शनिबार सार्वजनिक गरेको हो। 

थाईल्याण्डमा बसेर क्यानडा पठाउने भन्दै नेपाल आउने प्लेन चडाएर काठमाडौं फिर्ता पठाउने भोजपुर हेलौचा–३ का ३८ वर्षीय गुरुङले करिब तीनसय नेपाली युवालाई आकर्षक तलवमा क्यानडा, अमेरिका र अष्ट्रेलिया पठाउने भन्दै थाईल्याण्ड बोलाउँथे। २,४ दिन थाईल्याण्डको होटलमा राख्थे र क्यानडा पठाउन भन्दै विमानस्थल पठाएर काठमाडौं आउने प्लेनमा चढाउँथे।

क्यानडा जान हिडेका युवा नेपाली जहाज चढाइएपछि गुरुङलाई प्रश्न गर्थे ‘हामीलाई किन नेपाल जाने प्लेनमा चडाएको?’ गुरुङको सबैलाई एउटै जवाफ हुन्थ्यो, ‘मैले सेटिङ्ग मिलाउदै छु, चिन्ता नगर्नु।’ अनि उनी मोबाईल बन्द गर्थे र बेपत्ता हुन्थे।

गुरुङले करिब ६ ठगी गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ। उनले एकजनाबाट ५ देखि २० लाखका दरले १२ करोड बढी ठगी गरेको खुलेको छ।

गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको थियो भने थाईल्याण्ड प्रहरीलाई समेत अनुरोध गरेको थियो। ईन्टरपोलको सहयोगमा थाइल्याण्डमा पक्राउ गरि काठमाडौं ल्याइएका गुरुङबाट ठगिएका एकसय बढी पीडितले केन्द्रीय अनुसन्धान ब्युरोमा कडा कारबाहीको माग गर्दै नाराबाजीसमेत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।