एजेन्सी- भारत र पाकिस्तान एशिया कप पछि पुनः एक पटक विशवकपमा आमने सामने हुँदै छन् । आईसीसी विश्वकपमा यी दुई टोलीबीच हुने भिड्न्तको धेरै जसो क्रिकेट समर्थकहरु पखाईमा छन् । विश्वकपमा पाकिस्तानले भारतविरुद्ध हालसम्म कुनै एक खेल समेत जित्न सकेको छैन् ।
त्यसैले पनि यस विश्वकपमा पाकिस्तान र भारतबीचको खेल निकै नै पर्खाइको खेल बेनेको छ । यो खेल ओल्ड ट्राफोर्डमा १६ जुनमा हुँदै छ । उक्त खेलका विषयमा दुबै टोलीका कप्तानले आफ्नो बिचार व्यक्त गरेका छन् ।
‘भारत र पाकिस्तानबीचको खेल सधै प्रतिक्षारत खेल हुने गर्द छ । तर, खेलडीलाई सोध्ने हो भने प्रशंसक जुन तरिकामा देखिन्छन् त्यस्तो हुँदैन् ।’ पाकिस्तानमा कप्तान सरफराज अहमदलेले भने, ‘जब प्रशंसक स्टेडियाममा प्रवेश गर्दछन् तब उनको रोमाञ्चकताको महसूस गर्न सक्छौ । तर, मैदनामा पाइला राख्ने बित्तिमै खेलाडीलाई धेरै दबाब बढ्ने गर्दछ ।’
भरतीय टोली यतिबेला आईसीसी वरियताको दोस्रो स्थानमा छ । यता पाकिस्तान भने छैटौं स्थनमा छ । भातलाई विश्वकप दाबेदार टोलीको रुपमा हेरिएको छ भने पकिस्तानको टिमप्रति उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ ।
‘हाम्रा लागि यो खेल एक अर्को खेल हो । जुन हामी एक टिमका रुपमा जित्न चाहन्छौ ।’ भरतीय टोलीका कप्तान विराट कोहलिले भने, ‘यस खेलमा दबाब धेरै हुन्छ । किनकी स्टेडियमको माहोल पूर्ण रुपमा परिवर्तन भएको हुन्छ । तर, खेल सुरु भएसँगै यो एक खास क्रिकेटको खेल हुने गर्द छ ।’
सन् १९९२ देखी २०१५ सम्म विश्वकपको ६ भेटमा दुबै टिमको प्रतिस्पर्धा उत्तिकै प्रतिस्पर्धात्मक भएको देखिन्छ । भारतले सबै ६ खेल जिते छ । पछिल्लो विश्वकपमा भने भारतले समूह चरणमा पाकिस्तानलाई ७६ रनले पाराजित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४