बुधबार, वैशाख १२, २०८१

देउवा र ओलीपछि प्रचण्डसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता

भेटमा नेपाल-भारत सम्बन्ध र पार्टी पार्टीकाबीचको सम्बन्धबारे कुराकानी भएको गंगाले फेसबुकमा लेखेकी छन्।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। 

triton college

प्रचण्ड निवास खुमलटारमा सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन्। 

भेटमा नेपाल-भारत सम्बन्ध र पार्टी पार्टीकाबीचको सम्बन्धबारे कुराकानी भएको गंगाले फेसबुकमा लेखेकी छन्। 

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्। 

प्रकाशित: Aug 23, 2021| 20:39 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...