काठमाडौं- जापानको राजधानी टोक्योमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा आयोजक जापान २० पदकसहित तालिकाको शीर्षस्थानमा छ। उसले अहिलेसम्म २१ पदक जितिकसकेको छ। जसमा १२ स्वर्ण, ४ रजत र ५ कास्य पदका छन्।
ओलम्पिकको पाँचौ दिन पनि शीर्ष स्थानमा रहेको जापान आज (बुधबार) सोही स्थानमा कायम छ। बुधबार बिहान शीर्ष स्थानमा उक्लिएर दोस्रो स्थानमा झरेको चीनले ११ स्वर्णसहित ५ रजत र ९ कास्य जितेको छ।
अमेरिकाले सर्वाधिक ३० पदक जिते पनि स्वर्णमा अघि रहँदै जापान र चीन पहिलो र दोस्रो स्थानमा छन्।
अमेरिकाले १० स्वर्ण, ११ रजत र ९ कास्य पदक प्राप्त गरेको छ भने चीनले ११ स्वर्ण, ८ रजत र ८ कास्य प्राप्त गर्न सफल भएको छ।
यस्तै ७ स्वर्ण, ८ रजत र ४ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ। अस्ट्रेलिया ६ स्वर्ण, १ रजत र ९ कास्यका साथ पाँचौ स्थानमा छ। यसैगरी बेलायत ५ स्वर्ण, ६ रजत र ४ कास्य पदकका साथ छैटौँ स्थानमा छ। दक्षिण कोरिया ३ स्वर्ण, २ रजत र ५ कास्यसहित सातौं स्थानमा छ।
आठौं स्थानको फ्रान्सको ३ स्वर्ण, २ रजत र ३ कास्य छ। नेदरल्याण्ड्स १० पदकसहित नवौं स्थानमा रहँदा क्यानडा २ स्वर्ण, ३ रजत र ४ कास्य जित्दै दशौँ स्थानमा छ।
नेपालबाट ४ खेलमा ५ खेलाडी टोक्यो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन्। ती चारै खेलाडी पहिलो चरणाबाटै पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन्।
परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा शाह र सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए।
टोक्यो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। उनले शुक्रबार प्रतिस्पर्धा गर्नछिन्।