शुक्रबार, वैशाख १४, २०८१

‘केपी ओलीले संविधान विरोधी काममात्र गरे’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी ओली प्रधानमन्त्री भएदेखि संविधान विरोधी काममात्र भएको आरोप लगाएका छन्। दुई तिहाइको दम्भमा मातेको कम्युनिस्ट सरकार संविधान विरोधी काम गरेर सर्वसत्तावादतर्फ उन्मुख भएको निधिले बताए।

पार्टीको जागरण अभियानअन्तर्गत शुक्रबार सप्तरीको रुपनी गाउँपालिकाको कटैयामा आयोजित कार्यक्रममा उपसभापति निधिले भने, ‘सरकारले मधेशको लागि त केही गरेन, पहाडको लागिपनि केही गर्न सकेको छैन्। अब पहाडका जनताले समेत कम्युनिस्टलाई बुझिसक्यो।’

मुलुकमा सबै परिवर्तनहरु कांग्रेसको नेतृत्वमा भएको निधिले बताए। अहिलेको संविधान र पहिलो संशोधनपनि कांग्रेसको नेतृत्वमा भएपनि पछिल्लो चुनवामा पराजय भोग्नु परेको भन्दै निधिले यसको बदला आगामी चुनावमा लिने बताए।

मधेश केन्द्रीत दलले समेत जनतालाई झुक्याउनेबाहेक अरु केही गर्न नसकेको उनको भनाइ थियो। ‘स्थापनाकालमा पार्टीको नाम मधेशी राखेर मधेशी समुदायलाई रिझाउने कथित मधेशवादी दलहरुले अहिले मधेशी नाम किन फ्याक्नु पर्‍यो?’ प्रश्न गर्दै उनले भने, ‘मधेश–तराई, पहाड र हिमालका जनतालाई साथ दिने एकमात्र पार्टी नेपाली कांग्रेस हो।’

पार्टीले सुरु गरेको जागरण अभियानलाई मजबुत हिसाबले अगाडि बढाउन आफूहरु लागि परेको भन्दै निधिले अभियानमार्फत जनतासम्म पुग्न कार्यकर्ताहरुलाई आग्रह गरे। अभियानका लागि सप्तरीमा खटिएका केन्द्रीय प्रतिनिधि महेन्द्र यादवले मधेशवादी भनिने दलहरु जनताको लाशमाथि राजनीति गरेर सत्तामा पुगेको आरोप लगाए। सत्ता लिप्सामा डुबेका उपेन्द्रहरु मधेशमा पहाडी समुदायलाई गाली गरेर काठमाडौंमा उही पहाडीसँग बसेर सत्तामा बसेको यादवले बताए। केन्द्र र प्रदेश २ का मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै यादवले प्रदेशको नाम र राजधानी तोक्न नसकेको सरकार एनजीओ चलाएर बसेको आरोप लगाए।

कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले निर्मला हत्याकाण्ड, सुनकाण्डजस्ता संवेदनशील घटनाका अपराधीहरुलाई कानुनी दायरमा ल्याउन नसकेको ओली सरकार काण्डै काण्डमा फसेको बताइन्। मधेशी जनताको भावनाअनुसार कांग्रेसले नै संविधान संशोधन गराउने उनको दाबी थियो।

क्षेत्रीय सभापति रामप्रसाद मण्डलको सभापतित्वमा सम्पत्र भएको कार्यक्रममा प्रदेशसभा सदस्य मोहम्मद समिम, रामदेव साह, सप्तरी कांग्रेसका सभापति दिनेशकुमार यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।