बिहीबार, वैशाख १३, २०८१

भारतमा कम्युनिस्ट पत्ता साफ : कसको कति सिट ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - भारतको लोकसभा चुनावको मतपरिणाम आएको छ। हिन्दुवादी भनिएको भारतीय जनता पार्टी (बिजेपी) ले बहुमत ल्याएको छ भने लामो समयसम्म सत्ता सञ्चालन गरेको भारतीय कांग्रेस प्रमुख प्रतिपक्ष बन्नबाट पनि वञ्चित भएको छ।

लोकसभाको ५४२ सिटमा भएको चुनावमा भाजपाले ३०३ सिट जितेको छ । गान्धी परिवारको नेतृत्वमा रहेको भारतीय कांग्रेसले ५२ सिट ल्याएको छ। उसले संसदमा प्रमुख प्रतिपक्षी दलको स्थान पाउन कम्तीमा ५५ सिट ल्याउनुपर्ने थियो। सन् २०१४ को चुनावमा पनि कांग्रेसले ४३ सिट मात्र ल्याएको थियो। यस पटक कांग्रेसलाई ९ सिटको फाइदा भएको छ। तर, भारतको लोकसभा चुनावमा कम्युनिस्टहरु भने नराम्री पराजित भएका छन्। चुनावमा भाग नलिएका कम्युनिस्टहरुले पनि निर्वाचन नतिजामा खासै प्रभाव जमाउन सकेनन्। 

लोकसभा चुनावमा दुईवटा भारतीय कम्युनिस्ट पार्टीहरुले पाँच सिट जितेका छन्। सुरभरम सुधाकर रेड्डी नेतृत्वको कम्युनिस्ट पार्टी अफ इन्डियाले दुई सिट जितेको छ। उसले २०१४ को चुनावमा एक सिट जितेको थियो। त्यसैगरी सोही पार्टीबाट विभाजित भएर गठन भएको सीताराम येँचुरी नेतृत्वको कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्कसिस्ट) ले भने तीन सिट जितेको छ। तर, उसले यस पटकको चुनावमा तीन सिट गुमाएको छ। २०१४ को लोकसभा चुनावमा उसले ६ सिट जितेको थियो।

२०१४ को लोकसभा चुनावमा दुबै कम्युनिस्ट पार्टीले जम्मा १० सिट जितेका थिए। यस पटकको चुनावमा उनीहरु पाँचमा झरेको छ।

नेता येँचुरीले आफ्नो पार्टीको हारको जिम्मेवारी लिएका छन्। येँचुरीको पार्टीबाट ६९ स्थानमा उम्मेदवार खडा गरिएको थियो। जसमध्ये केरलाबाट एडिभी एएम अरिफ, तमिलनाडुबाट पिआर नटराजन र तमिलनाडुबाटै भैंकटेशन एस विजयी भएका छन्।

यसैगरी, रेड्डी नेतृत्वको कम्युनिस्ट पार्टीबाट तमिलनाडुबाटै दुई जना उम्मेदावर विजयी भएका छन्। सेल्भराज एम र सुब्रमनियम के विजयी भएभने उसको स्टार उम्मेदवार कन्हैया कुमार पराजित भए।

कसलाई कति सिट?

१ भाजपा - ३०३

२ कांग्रेस - ५२

३ डिएमके - २३

४ त्रिणमूल कांग्रेस (ममता बेनर्जी) - २२

५ वाईएसआर कांग्रेस - २२

६ शिव सेना (उद्धब ठाकरे) - १८

७ जनता दल युनाइटेड (नितिश कुमार) - १६

८ विजु जनता दल - १२

९ बहुजन समाजवादी पार्टी (मायाबती) - १०

१० तेलंगना राष्ट्रय समिति - ९

११ लोक जनशक्ति पार्टी (रामविलास पासवान) - ६ 

१२ नेसनलिस्ट कांग्रेस पार्टी (शरद पासवान) - ५

१३ समाजवादी पार्टी (अखिलेश यादव) - ५

१४ सिपीएम (सीताराम यचुरी) - ३

१५ एमएलए - ३

१६ एनसी - ३

१७ तेल्गु देशम पार्टी - ३

१८ एआइएमआईएम (ओवेसी) - २

१९ सीपीआई - २

२० शिरोमणि अकाली दल - २

२१ आम आदमी पार्टी (अरबिन्द केजरीवाल) - १

२२ अपना दल - १
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।