बिहीबार, वैशाख १३, २०८१

मोदी र शाहले भेटे आडवाणी र जोशी, सुध्रिएला त सम्बन्ध?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - भारतीय लोकसभा निर्वाचनपछि भारतीय जनता पार्टी (बीजेपी) का अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीका संस्थापक नेताहरुलाई भेटेका छन्। मोदी र शाहले बीजेपीका संस्थापक नेता लालकृष्ण आडवाणी र मुरलीमनोहर जोशीलाई भेटेका हुन्।

लोकसभा चुनावमा पार्टीले आडवाणी र जोशीलाई टिकट दिएको थिएन। उमेर हदका कारण दुवै नेतालाई टिकट नदिइएको अध्यक्ष शाहले बताउँदै आएका थिए। पार्टीकै संस्थापक नेताहरुलाई टिकट नदिएर अपमानित गरिएको भन्दै बीजेपी नेतृत्वमाथि प्रश्न उठाइएको थियो।

चुनावमा टिकट नपाएपछि आडवाणी रुष्ट भएका थिए। उनले पार्टीको सिद्धान्त र देश प्रेमका विषयमा आडवाणीले बोलेका थिए। वरिष्ठ नेता जोशी पनि असन्तुष्ट थिए। तर, उनीहरुले पार्टीविरुद्ध कुनै गतिविधि गरेनन्। आडवाणी र जोशीको असन्तुष्टिलाई भारतीय कांग्रेसले चुनावी एजेन्डा बनाई मोदीमाथि प्रहार गरेका थिए। तर, कांग्रेसको प्रहारलाई मोदी र शाहले प्रतिवाद गरेका थिए।

चुनाव परिणाम आएपछि आडवाणीऽ जोशीलगायतका नेताहरु खुसी भएका छन्। लगतै मोदी र शाहले भेट्दा दुवै वरिष्ठ नेताहरुले पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन्। मोदीले आडवाणीसँग खुट्टा ढोगेरै आशीर्वाद लिएका थिए। यसलाई मोदीको कूटनीतिक चाल पनि भनिएको छ।

जोशीले मोदी र शाहसँगको भेटमा भने, ‘हामीले रोपेको रुख ठूलो भएको छ। आज मोदी र शाहले राम्रो फल ल्याएका  छन्। जनताले चाहेको मजबुत सरकारका लागि भाजपाबाहेक अरु कुनै विकल्प छैन।’

मोदी र शाहले वरिष्ठ नेताहरुसँग पछिल्लोपटक देखाएको व्यवहारले सम्बन्ध सुध्रिने विश्वास व्यक्त गरिएको छ।

यसैबीच, प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालका लागि ३० तारिखमा शपथ ग्रहणको तयारी गरिँदैछ। २८ तारिखमा मोदीले आफ्नो संसदीय क्षेत्रमा विजयी र्‍याली गर्दैछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।