शुक्रबार, वैशाख १४, २०८१

महानगर का छात्राहरुलाई निशुल्क प्याड वितरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज- गरिब तथा पिछडिएको समुदायको छात्रालाई माध्यमीक स्तरको अध्ययनको लागी प्रेरित गर्न महानगरपालिकाले सामुदायीक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन शुरु गरेको छ ।

महिनावारीको समयमा छात्राहरु विद्यालय नजाने वा गइहाले पनि उचित साधनको जोहो गर्न नसक्दा कठिनाई व्यहोर्नु पर्ने समस्यालाई सम्बोधन गर्न महानगरपालिकाले स्यानिटरी प्याड वितरण शुरु गरेको हो ।

महानगरभित्र संचालनमा रहेका ३१ वटा सामुदायीक माद्यमीक विद्यालयमा अध्ययनरत ५ हजार ५ सय छात्राको लागी स्यानिटरी प्याड उपलब्ध गराइएको हो ।

माध्यमीक तहको शिक्षा पुरा गर्ने छात्राको संख्या ज्यादै न्यून छ, महानगर प्रमुख विजय कुमार सरावगीले भने, छोरीहरुलाई शिक्षाको अवसरबाट बंचित हुन नदिन विशेष कक्षा संचालन गर्दै आएकोमा अय स्यानिटरी प्याड पनि वितरण गर्न लागिएको हो ।
 
सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यायमा बिहिबार एक कार्यक्रमको आयोजना  गरी छात्राहरुलाई निःशुल्क प्याड वितरण  प्याड वितरण अभियान शुरु गरिएको हो ।

कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सहभागी रहेका ३१ विद्यालयका प्रधानाध्यापकलाई नगर प्रमुख विजय कुमार सरावगीले छात्राका लागि प्याड हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगी प्याड वितरण कार्यक्रमले छात्राहरुको मलोबल बढाउने विश्वास व्यक्त गरे। उनले रजश्वलाको बेला विद्यालय आउने छात्राले विभिन्न खाले मनावैज्ञानिक समस्या खेप्दै आएकोमा अब उपरान्त त्यस्तो समस्या नहुने बताए ।
 
नगरप्रमुख सरावगीले प्याड सहज रुपमा प्राप्त गर्न महानगरपालिकाले चाँडै भेण्डिङ (प्याड उपलब्ध गराउने मेशिन) र प्रयोग गरेको प्याड नष्ट गर्ने मेशिन समेत विद्यालयहरुमा छिट्टै जडान गर्ने योजना रहेको जानकारी दिए ।

निजि सार्वजनिक साझेदारी अन्तर्गत निजी क्षेत्र र सामाजिक संस्थाको सहयोगमा प्याड वितरण गरिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।