शुक्रबार, वैशाख ७, २०८१

मदिरामा लठ्ठ प्रहरीले वडा अध्यक्षलाई कुटेपछि ...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कञ्चनपुरको डोके बजार क्षेत्र बिहीबार रातीदेखि असान्त बनेको छ। किशोर, किशोरीले भागेर विवाह गर्न खोजेपछि भएको विवादले डोकेबजार क्षेत्र असान्त बनेको हो। 

जिल्लाको पुनरवास नगरपालिका वडा नम्वर ११ का १५ बर्षीय रोमन विक र १४ बर्षीय पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षकाले प्रहरीलाई खवर गरेका थिए।

सम्झौताका लागि दुवै पक्षलाई प्रहरी चौकी पचकडीयामा बोलाईएकोमा केटालाई घरपरिवारको जिम्मा लगाईएको थियो। तर केटी पक्षको कोही नआएको भन्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कर्णवहादुर बमले ईलाकामा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए।

सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दा वडा नम्वर ११ का अध्यक्ष तुलसी अर्याल सहित तीन जना घाईते भएका छन्। वडा नम्वर ११ का अध्यक्ष अर्यालले मदिरा सेवन गरेका प्रहरीले एक्कासी लाठी चार्ज गरेपछि आफु सहित तीन जना घाईते भएको बताए। 

स्थानीय मिन वहादुरले प्रहरी निरिक्षक बम सहितका प्रहरी कर्मचारी मदिरामा लठ्ठ रहेको र स्थानीयसंगै जनप्रतिनिधिमाथि समेत ज्यादती गरेको आरोप लगाए। प्रहरीको ज्यादतीका विरुद्धमा गयरातीदेखि नै स्थानीयले आन्दोलन सुरु गरेका छन्।

प्रहरीचौकी अगाडी नारावाजी गर्दै उनीहरुले सो क्षेत्रमा रहेको हुलाकी सडक समेत अवरुद्ध गरेका छन्। प्रहरी चौकी अगाडी टायर बालेर प्रदर्शन भैरहेको छ । प्रहरी निरीक्षक बमले भने लाठीचार्ज नभएर केटीलाई ईलाकामा लैजाने क्रममा सामान्य विवाद भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।