शुक्रबार, वैशाख ७, २०८१

मेयरको धम्की : ‘हिजो हात हाले, अब लात हान्छु’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी – घटना नम्बर १ : जेठ ६ गते सोमबार इटहरीको दुर्गा पार्टी प्यालेसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीको जिल्ला कमिटिका सदस्यहरूको सपथग्रहण कार्यक्रम रहेको थियो। नेकपा प्रदेश इन्चार्ज भिम आचार्य, सहइन्चार्ज सावित्रि कुमारी काफ्ले र प्रदेश अध्यक्ष देवराज घिमिरेसहितका नेकपाका शिर्ष नेताहरू कार्यक्रममा थिए। 

१२ बजे मेयर द्वारिकलाल चौधरी कार्यक्रममा पुगे। उनलाई नेकपा सुनसरी नेता रामप्रसाद चौलागाईले नमस्कार गरे। मेयर चौधरीले नमस्कार गरेको नेता चौलागाइको हात दुई पटक हट्कारे। ६ गते दिउँसोको यो कुराको उनले व्यापक प्रचार गरे। 

मिडियाकर्मीदेखी कार्यकक्षमा आएका सबैलाई मेयरले भन्न थाले, ‘मैले बाहुन कुटे। कोही बाहुनले विरोध गरेनन्। मैले माफिया, भ्रष्टाचारि भन्दै कुटे।’ यति मात्रै हैन उनले चौलागाईलाई ‘अब तेरो खुन खान्छु’ भन्दै म्यासेज पठाएको पत्रकारहरूलाई देखाउन थाले। 



घटना नम्बर २ : बुधबार अपरान्ह मेयर चौधरीले सब इन्जिनियर राम खड्कालाईं कार्यकक्षमा बोलाए। १४ नम्बरको घर नक्सा फाँटका खड्कालाईं १५ नम्बर कोठामा भएका इन्जिनियर विकास भट्टराईंसहित प्रमुख प्रशाशकिय अधिकृतको १ नम्बर कोठामा बोलाए। ‘तैले चानक पोखरेलको श्रीमति रिता पोखरेलसँग घुस खाएको हैन’ भन्दै मेयरले झपारे।  

सबै फाँट प्रमुख  र प्रमुख प्रशाशकिय अधिकृत केशवप्रसाद बिमलीसमेतको उपस्थितिमा घुस्या भन्दै गाली गरे। आफूले घुस नखाएको खड्काले बताए। करार कि स्थायी भन्दै मेयरले कड्केर सोधे। खड्काले करार भनेपछि ‘गेट आउट’ भन्दै मेयर चौधरीले उनलाईं  कोठाबाट बाहिर जान भने। खड्का बाहिर निस्किए। मेयरपनि निस्किए र गेटसम्मै खड्कालाईं धकेल्दै निकाले। 

२०७५ बैशाख २४ गते घर नक्सा सम्पन्नको प्रमाणपत्र लिएकि थिइन पोखरेलले। खड्का भने २०७५ सावन ३ गते मात्रै योजना शाखाबाट घर नक्सा फाँटमा पुगेका थिए। तत्कालिन सब इन्जिनियर मनोज चौधरीले हस्ताक्षर गरेर घर नक्सा सम्पन्न गरेको र कुनै पैसा नलिएको स्वयं चानक पोखरेलकि श्रीमति रिता पोखरेलले सार्वजनिक गरेकि छिन्। 

घटना नम्बर ३ :  बुधबार ३ इटहरीका नासु मनोज दाहाललाईं प्रमुख प्रशासकिय अधिकृतकै कार्यकक्षमा बोलाए। उनले नासु दाहाल कार्यालयमा प्रवेश गर्नासाथ गाली गर्न गाले। हातले कुट्न थाले। दाहालले सीसी क्यामेरा सहितको कार्यालयमा यस्तो नगर्नुस भन्दा मेयरले प्राविधिक ओसन चौधरीलाईं बोलाएर सीसी क्यामेर बन्द गर्न लाए। कोठाको चुकुल लाए र दाहालाईं कुटपिट गर्न थाले। दाहालको जुत्ता आफैले तानेर त्यहि जुत्ताले हाने। बिना कसुर कुटाईं खाएका दाहालको मोबाइल पनि मेयर चौधरीले लुछेर लगे। अझैसम्म दिएका छैनन्। 

घटना नम्बर ४ :  सब इन्जिनियर राम खड्कालाईं लछारपसार र नासु मनोज दाहाललाईं हातपात गरेपछि कर्मचारीहरू आन्दोलनको तयारीमा थिए। सोही क्रममा मेयरले पत्रकारसँग कुराकानी गर्न थाले। 

कुराकानीको क्रममा पत्रकार कृष्ण बहाब भट्टराई र विकल रेग्मीलाईं मेयरले प्रश्न गरेकै आधारमा उमेर र अन्य कुरा सोध्दै अपमानजनक व्यवहार गरे। भट्टराईलाईं पटक–पटक लोपारे। रेग्मीलाई कठालो समाते। 

यसरी ६ गतेदेखि बारम्बार दादागिरी गरेपपछि पीडित कर्मचारीहरू आन्दोलित छन। उनीहरूले सबै २० वडामै काम ठप्प पारेका छन्। आजै मात्रै  कुटाई खाएका मनोज दाहाल र धकेलेर निकालिएका राम खड्काले सीडीयो कार्यालयमा पुगेर सुरक्षाको माग गरेका छन्। 

पत्रकारलाईं गरेको दुव्र्यवहारको पत्रकार महासंघ सुनसरीदेखी प्रदेश हुँदै केन्द्रबाटसमेत विज्ञप्तीदेखि विरोधका आवाजहरू आइरहेका छन्।  तर, मेयर चौधरी भने अझै धम्कि दिइरहेका छन्। आज नेपालसमयसँग कुटपिटदेखी दुव्र्यवहारसम्मका प्रश्नहरू गर्दा मेयर चौधरीले अझै थप आक्रमक बन्ने बताए। ‘हिजो हात मात्रै हालेको, अब लात हान्छु’ मेयर चौधरीले भने, ‘नियम कानुनको कुरा हुँदै जान्छ।’

यो पनि,

सीसी क्यामरा बन्द गरेर मेयरले कर्मचारी कुटे

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।