बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पाँचथर नरसंहार : खुकुरी हान्‍नुभन्दा सात दिन अघि खानामा सिसा

पाँचथर नरसंहार : खुकुरी हान्‍नुभन्दा सात दिन अघि खानामा सिसा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी - गत बैशाख ३० गते पाँचथरको मिक्लाजुङ ३ आरुबोटेकी जस्मिता शेर्माले चटपटे बनाइन्। चटपटे खाएपछि जस्मिताकी छोरीसहित ८ जना बिरामी परे। चटपटे मात्रै हैन, खाना खाएपछि पनि खानेहरु सबै बिरामी परे। बिरामी परेपछि उनीहरुले बुझ्दा नुन र खानामा सिसा हालेको पाइयो।
 
सिसा हालेको बारेमा प्रहरीलाई जस्मितालगायत अन्य छिमेकीले आफ्नो क्षेत्रको दशमी प्रहरीमा उजुरी हाले। वडामा पनि उजुरी हाले। प्रहरी घरमा आयो। आएर कोकोसँग शंका छ भनेर सोध्यो। जस्मिताको परिवारले तीन जनाको नाम लियो।  मान बहादुर माखिम, सुनिल फियाक र चन्द्र कुरुङवाङ। यस मध्ये मान बहादुरलाइ निगरानी  गर्न जस्मिताको परिवारले खबर गर्यो। 

नुन र खानामा सिसा हालेको ठिक ७ दिनमा जस्मिताको परिवारै सखाप भयो। खुकुरी प्रहारबाट ३६ वर्षीय जस्मिता शेर्माको परिवार र ७४ वर्षीय उनका बाबु बमबहादुर फियाकको परिवारका ९ जना एकै रात सखाप भए।

शेर्मा परिवारमा भएका ५ जना र फियाक परिवारमा भएका ४ जनाको विभत्स हत्या भएको थियो। हत्याबाट फियाक परिवारकी साइली छोरीकी १३ वर्षीय छोरी सीता खजुम भने भागेर बाच्न सफल भइन। मामली घरमा बसेकी उनी हाल दमकको लाइफ लाइन अस्पतालमा उपचाररत छिन्। 

९ जनाको हत्या गर्ने प्रमुख आशंका गरिएका व्याक्ति अरु कोही नभएर नुन र खानामा सिसा हालेको आशंका गरिएका मान बहादुर माखिम थिए। उनले घटनास्थलबाट डेढ घन्टाको दुरीमा रहेको स्थानमा गएर आत्महत्या गरेका थिए। मिक्लाजुङ ८ मा आत्महत्या गरेका मखिमले श्रीमती मनकुमारी फियाकसँग बेमेल भएसँगै घरमा आएर दुःख दिने गरेको स्थानीय बताउँछन्। 





प्रहरीले सिसा कान्डको तत्काल रेस्पोन्स गरेन

बैशाख ३० गते नुन र खानामा सिसा हालेर ८ जना घाइते भएपछि प्रहरीमा उजुरी पर्यो। मानबहादुरलाई मुख्य दोषी मानेर तीन जनाको नाममा किटानी जाहेरी परेको थियो। तर, दशमी प्रहरी कार्यालयले समयमै मानबहादुरमाथि निगरानी नबढाउँदा हत्या भएको मृतक धनराज सेर्माका कान्छा भाइ दिपेश सेर्माले बताए। उनले भने, ‘सिसा कान्डकै दिन मलाई दाइले फोन गरेर मानबहादुरले दुःख दिएको भन्नु भएको थियो।’  

हाल उर्लाबारीमा बस्ने दिपेश सेर्माले प्रहरीले समयमै चासो दिएको भए यस्तो अवस्था नआउने बताए। विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा दाइको परिवारको पोस्टमोर्टम गराउन आएका उनले भने, ‘सानो ध्यान नदिनाले समस्या भयो।’ प्रहरीले मारिएकाहरुको फोन नम्बर चेक गरेर कल डिटेल्स लिएमा थप रहस्य बाहिरिन सक्ने दिपेशले बताए। 

दिशेप मात्रै हैन छिमेकी प्रेम फियाकले पनि प्रहरीले समयमै चासो दिएको भए यस्तो घटना नहुने बताउँछन्। धरानमै भेटिएका शेर्माले भने, ‘सिसा हालेर मान्छे घाइते भएको जस्तो गम्भीर अपराधको दोषी एक हप्तासम्म पत्ता नलाग्नु र यो घटना हुनु दुखद कुरा हो।’

हत्या भएको गाँउपालिकाको ३ नम्बर वडाका वडाध्यक्ष हस्तराज फियाकले  सिसा हालेको निवेदन वडा कार्यलय र प्रहरी दुबैकोमा पुगेको बताए। विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान, धरानमा हत्या भएकाहरुको शव पोस्टमार्टम गर्न आएका वडाध्यक्ष फियाकले भने, ‘वडाले भन्दा प्रहरीले हेर्ने कुरा भएकाले वडाले पनि प्रहरीकोमा नै जान भनेको थियो।’ 

यस विषयमा नेपाल समयले दशमी प्रहरी चौकीका प्रमुख सइ कृष्ण कुमार खवासलाइ सम्पर्क प्रयास गरेपनि सफल हुन सकेन। यो समाचार तयार गर्दा खवासको फोन स्विच अफ रहेको थियो। 



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।